बुद्धजयन्ती विशेषः नेपाल बुद्धिष्ट न्यूजको आयोजनामा राष्ट्रिय निवन्ध प्रतियोगिता आयोजना हुँदै

बौद्ध धर्म र दर्शन सम्बन्धी विविध गतिविधिलाई समाचार तथा बौद्ध दर्शनको अनलाईनमार्फत शिक्षा प्रवाह गर्ने उद्देश्यले सञ्चालित नेपाल बुद्धिष्ट न्यूजले निवन्ध प्रतियोगिता गर्ने भएको छ । आउँदै गरेको २५६४ औँ बुद्ध जयन्तीको अवसर पारेर गर्न लागिएको प्रतियोगिताको शीर्षक बौद्ध धर्ममा करुणाको स्थान रहेको छ । प्रतियोगितामा सहभागि हुनका लागि यसै शीर्षकको भाव अनुसारको निवन्ध लेखेर पठाउनु पर्नेछ ।

निवन्ध प्रतियोगितामा भाग लिनका लागि वैशाख १० गतेभित्र आफुले लेखेको निवन्ध नेपाल बुद्धिष्ट न्यूजको इमेलमा पठाउनु पर्नेछ ।

प्रतियोगिता सम्बन्धी थप जानकारी
निवन्धको शीर्षकः बौद्ध धर्ममा करुणाको स्थान
निवन्ध पठाउने अन्तिम मितिः बैशाख १० गतेसम्म
निबन्ध बढिमा १ हजार शव्दको हुनु पर्ने

पुरस्कारको राशि
प्रतियोगितामा समावेश भएका निवन्ध मध्ये उत्कृष्ट हुने निवन्धलाई १० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

निवन्ध पठाउने ठेगाना
Nepalbuddhistnews@gmail.com

for more information 

Contact us : 9841316501 /9843800747

Share

Related posts