विश्वकै सबैभन्दा धेरै बुद्ध मूर्ति प्रदर्शनी हुने सम्यक महादान सुरु

सात सय वर्षदेखि सुरु हुँदै आएको काठमाडौँ उपत्यकाका बौद्धमार्गीहरुको महान उत्सव सम्यक पर्व सुरु भएको छ । फागुन १४ गते बुधबारदेखि सुरु भएको सम्यक पर्व प्रत्येक ५ वर्षमा आयोजना हुँदै आएको छ ।

सम्यक पर्वमा नेवार बौद्ध परम्परा अनुसार शाक्य तथा वज्राचार्य भिक्षु एवम् काठमाडौँ, भक्तपुर, कीर्तिपुर, चोभार लगायत स्थानबाट बुद्ध, दीपंकर बोधिसत्व, अवलोकितेश्वर, बसुन्धरा देवी, आर्य तारा लगायतका देवीदेवताका प्रतिमा ललितपुरको नागवहालमा ल्याएर पूजाआजा एवम् दान दिने परम्परा रहि आएको । यो पर्वमा सयौँको संख्यामा बुद्ध प्रतिमाहरु एकैस्थानमा ल्याई पूजाआजा गर्ने प्रचलन छ ।

सम्यकको पहिलो दिन बुधबार बेलुकी देवताहरुको प्रतिमा पाटन दरबार क्षेत्रमा भेला गराई राती करिब १० बजे नागवहालमा विराजमान गराएको छ । दुई दिने पूजाको दोस्रो दिन फागुन १५ गते मुख्य आयोजक तथा आःजुहरुबाट पूजा गरी सम्यक महादान पश्चात पर्व समापन हुन्छ ।

Share

Related posts