पाँच वर्षपछि मात्रै देख्न पाइने दिपंकर बुद्ध सम्यक महादान सम्पन्न

प्रत्येक पाँच वर्षको फरकमा ललितपुरमा हुने दिपंकर बुद्ध सम्यक महादान बिहिबार सम्पन्न भएको छ । पाँच-पाँच वर्षमा एक पटक गरिने सयौं बुद्ध र दिपंकर बोधिसत्वका प्रतिमाहरु सहभागि गराइदै मनाइने सम्यक महादान हिजो बुधबारदेखि सुरु भएको थियो ।

सम्यक महादान हेर्न हजारौ सर्वसाधारण भेला भएका थिए । यस वर्ष पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १ सय २६ बुद्धहरु एकै ठाउँमा भेला गरिएको थियो । नेवार-बौद्ध परम्पराअनुसार यस पर्वमा शाक्य तथा बज्राचार्य भिक्षुहरूलाई दान दिने गरिन्छ । त्यस्तै दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरा, आर्यतारालगायतलाई पनि दान दिइन्छ । धर्मवालम्बीहरूले दानमा सहभागिता जनाउनुलाई नै यो पर्वको विशेषता हो ।

यस पर्वमा बिहीबार दिनभर महादान गरि साँझ आ-आफ्नो टोलबाट ल्याइएको बुद्धका मुर्ती बहालमा फर्काइएको थियो । ललितपुरमा आगामी पाँच वर्षपछि मात्रै सम्यक महादान हेर्न पाइन्छ ।

Share

Related posts