महिना: फ्रेवुअरी 2020
विश्व शान्तिको कामना गर्दै हिडेका थाई भिक्षुलाई चारुमतीमा स्वागत
विश्व शान्तिको कामना गर्दै बिहिबार काठमाडौँको स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु गरेका थाइल्याण्डका ४५ भिक्षुलाई चावहिलस्थित चारुमती विहारमा स्वागत गर्दै यात्राको सफलताको शुभकामना दिइएको छ । लुम्बिनीतर्फ हिडेका थाइल्याण्डका भिक्षुहरुलाई चारुमती बुद्ध विहारका प्रमुख तपस्सी धम्मले स्वागत गर्दै यात्राको सफलताको शुभकामना दिएका थिए । भिक्षुहरुको समूहले स्वयम्भूदेखि लुम्बिनीसम्मको ३ सय ३० किलोमीटर दूरी पैदल यात्राबाटै पार गर्नेछन् । भिक्षुहरुले यो दूरी २८ दिनभित्र सकाउने छन् । स्वयम्भूको आनन्दकुटी महाविहारबाट यात्रा सुरु गरेका भिक्षुहरुले प्रत्येक दिन २५ देखि ३५ किलोमीटर पैदल यात्रा गर्ने योजना बनाएका छन् । भिक्षुहरुको पैदल यात्रा फागुन…
Read Moreविश्व शान्तिको कामना गर्दै स्वयम्भूदेखि लुम्बिनीसम्म पैदल यात्रामा भिक्षुहरु
विश्व शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरुले बिहिबारदेखि अन्तराष्ट्रिय शान्ति पैदल यात्रा सुरु गरेका छन् । बिहान काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी महाविहारबाट भिक्षुहरु पैदल यात्रामा निस्किएका हुन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म आयोजना भएको पैदल यात्रामा करिब ६० जना भिक्षुहरु सहभागि छन् । अधिकांश बौद्ध भिक्षुहरु थाइल्यान्डका धुताङ्गधारी भिक्षु छन् । उनीहरुले दैनिक २५ देखि ३५ किलोमिटर हिँड्ने लक्ष्य लिएको बताए । पैदल यात्रासँगै भिक्षुहरुले शान्ति दीप पनि सँगै लगेका छन् । रातिको समयमा बास बस्ने स्थानमा भिक्षुहरुले शान्ति दीप प्रज्जवलन गर्नेछन् । भिक्षुहरुको पैदल…
Read Moreभूकम्पले भत्काएको ‘हाम्रो गुम्बा कहिले बन्छ ?’
काभ्रेको टनचोकका रामबहादुर तामाङले गुम्बामा पूजापाठ गर्न नपाएको साढे चार वर्ष भयो । सधैँ बिहान र बेलुका लामाको बाजागाजासहित मोलमपाठ गरेर पूजा गर्ने उनी हिजोआज पहिलाको गुम्बाको भवन नजिकै बनाएको टहराभित्र गर्दै पूजा आएका छन् । “भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गुम्बा पुनःनिर्माणको कामलाई तीव्रता नदिँदा भूकम्पले क्षतिग्रस्त बनाएको गुम्बा पुनःनिर्माण हुन सकेको छैन । “आफैँले बनाउन पैसा छैन, बनाएन भने पूजापाठ गर्ने ठाउँ नै छैन”, गुम्बाका प्रमुख लामा रामबहादुरले भने, “के गर्ने भन्नेमा कुनै सोच बनाउन सकेको छैन ।” बनेपा नगरपालिका–३ टनचोकमा रहेको पेमा…
Read Moreपाटन दरबार क्षेत्रमा आर्यतारा पूजा
ललितपुरको ऐतिहासिक दरबार क्षेत्रमा बिहिबार आर्य तारा पूजा आयोजना गरिएको छ । पूजाको आयोजना काठमाडौँ निवासी सुकुकाजी महर्जन तथा उनका श्रीमती दशमाया महर्जनले गरेका हुन् । पूजामा ७ सय ५० भन्दा बढि सहभागि भएका छन् । बौद्ध धर्ममा विशेष महत्व राख्ने आर्य पूजाले भइरहेको स्थान पाटन दरबार परिसरमा भ्रमणम आउनेहरुलाई समेत आकर्षित गरेको छ । पूजा व्यवस्थापन समितिका अध्यक्ष शान्तराज महर्जनका अनुसार विभिन्न १२ पवित्र स्थलमा पूजा सञ्चालन हुँदै आएको छ । सोही क्रममा ११ औँ स्थानको पूजा पाटन दरबार परिसरमा भएको हो । १२ औं तथा अन्तिम पूजा काठमाडौको…
Read Moreस्पेनमा ४० मीटरको बुद्ध मूर्ति बनाइने
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सहकार्यमा स्पेनको कासेर्स शहरमा बुद्ध मूर्ति बनाइने भएको छ । त्यहाँ रहेको बौद्ध कम्प्लेक्समा विश्व शान्तिका लागि विशाल बुद्ध मूर्ति बनाइन लागिएको हो । उक्त बुद्ध कम्प्लेक्समा नीजि स्वामित्वमा रहेको लुम्बिनी गार्डेन फाउण्डेसनले बगैचा, बुद्ध विहार, स्तुप, पूस्तकालय, बुद्धको अवशेष, २० भिक्षुका लागि आवास समेत निर्माण गर्नेछ । कम्प्लेक्सकै आकर्षणको रुपमा रहने बुद्धको मूर्ति ४० मीटर उचाईको बनाइनेछ । गत जनवरीमा कासेरेस शहर र लुम्बिनीका मेयरबीच दुवै शहरबीच मूर्ति बनाउने विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको थियो । यो योजनाको घोषणा स्पेनको राजधानी मड्रिडमा २०२० जनवरी…
Read Moreबौद्धनाथ परिसरमा डोल्मा ह्युल्दोग अर्थात २१ तारादेवी पूजा हुँदै
बौद्ध झ्यारुङ खस्योर छ्योर्तेन रिन्पोछेको प्राङ्गणमा ल्होसारको अवसर पारेर ३ दिन सम्म डोल्मा ह्युल्दोग (२१ तारादेवी) को पुजा कार्यक्रम हुने भएको छ । प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनामा विश्व शान्ति तथा समस्त जगत प्राणीहरुको कल्याण, हितको प्रार्थना गर्दै पूजा गरिन लागिएको हो । तारादेवी पूजाले सम्पुर्ण मानवमा आईपर्ने रोगब्याधी तथा बिघ्न बाधा, अड्चनहरुबाट मुक्ति हुने, सोचेको कार्य पुरा हुने, साथै ब्यापार ब्यवसाय राम्रो हुने धार्मिक विश्वास रहँदै आएको छ ।सेचेन गुम्बाका टुल्कु ग्यूर्मे कुन्साङ र सस्थाका प्रमुख लामा गुरु ङक्पा पेमा ह्रङ्डोलको उपस्थितिमा डोल्मो ह्युल्दोग (२१ तारादेवी)को पूजा…
Read Moreनेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव मनाइयो
श्रद्धेय धर्मगुरु १३ औँ अवतारी छोग्याल रिन्पोछेले सन् २०१७ मा स्थापना गर्नु भएको नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सोमबार काठमाडौँमा मनाइएको छ । चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मको प्रमुख आतिथ्यता र संघका संस्थापक अध्यक्ष छोग्याल रिन्पोछेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बौद्ध भिक्षु, आनी सहित बिआइए फाउण्डेसनमा आश्रय लिइरहेका सयभन्दा बढि शारिरिक अशक्त सहभागि थिए । सानैदेखि विभिन्न परोपकारी काम गर्दै आउनु भएका छोग्याल रिन्पोछेले २०१७ सालको भूकम्प पछि क्षति पुगेका गुम्बाहरुको पुर्ननिर्माणका लागि संघको स्थापना गर्न भएको हो । स्थापनाकालदेखि नै संघले विभिन्न परोपकारी कार्यसहित बौद्ध धर्मको संरक्षण र…
Read Moreगौतम बुद्धको जन्मस्थल वरिपरि ठूलो शहर बनाउने योजनाको स्थानीयद्वारा विरोध
गौतम बुद्धको जन्मस्थल लुम्बिनी वरपर ठूलो सहर बसाउने योजना सरकारले अगाडि बढाएपछि जनस्तरमा त्यसको विरोध भएको छ। सरकारले विस्तृत योजना सार्वजनिक नगरेको भए पनि लुम्बिनीलाई केन्द्रमा राखी सुरुमा चार किलोमिटर क्षेत्रमा व्यवस्थित सहर बसाल्ने लुम्बिनी विकास कोषका अधिकारीहरूको भनाई छ । सरकारले काम सुरु गर्न लागेको भन्दै स्थानीय बासिन्दालाई सहयोग गर्न यसै साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको टोलीले आग्रह गरेको थियो। तर स्थानीय बासिन्दाहरुले उक्त योजनाप्रति आपत्ति जनाएका थिए । लुम्बिनी क्षेत्रका प्रदेश सांसद फखरुद्दीन खानका अनुसार सरकारले एकतर्फी रूपमा काम अगाडि बढाएको भन्दै सर्वसाधारण आक्रोशित…
Read Moreत्रिपिटक वाचनको प्रचारप्रसारका लागि साइकल यात्रा
काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित चारुमती विहारमा अन्तराष्ट्रिय त्रिपिटक वाचनको प्रचारप्रसारका लागि शनिबार साइकल यात्रा गरिएको छ । चाबहिलदेखि शुरु भएको साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै विभिन्न बौद्ध सम्पदास्थलमा पुगेर चारुमती विहारमै फर्किएको छ । चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसिप एशोसिएशनको संयुक्त आयोजनामा उक्त कार्यक्रम नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले शुभारम्भ गरेका थिए । सो अवसरमा थापाले समाजमा सकारात्मक चिन्तनको विकास गर्न बौद्ध दर्शनको महत्व रहेको बताए । चारुमती विहार प्राचीन सम्पदास्थल भएकाले त्यसको सरक्षणमा आफू क्रियाशील रहने प्रतिबद्धता उनले व्यक्त गरे ।…
Read More