थेगसुम छोयफेलिङ गुम्बा, स्वयम्भू, काठमाडौं
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति द्वारा आयोजित धर्मदेशना (प्रवचन) कार्यक्रम २०८३ भव्य रूपमा सञ्चालन भइरहेको छ। यो कार्यक्रम दुई दिनका लागि आयोजना गरिएको हो।
कार्यक्रमको पहिलो दिन मिति २०८३/०२/०१ मा सफलतापूर्वक सम्पन्न भएको छ। बिहान ८:०० बजे सुरु भएको उक्त कार्यक्रममा समितिका अध्यक्ष खेन्पो मुरी निग्मा कुन्क्याप रोकायाज्यू को सभाध्यक्षतामा विविध विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा परम पूज्यनीय श्याल्पा तेन्जिन रिन्पोछे, कार्यकारी निर्देशक सुरज घिमिरे, समितिका सदस्य नीर बहादुर घलान (आचार्य छेवाङ्ग रिग्जीन)ज्यू, इन्द्र रोकाया शेरापज्यू (महासचिव, नेपाल बोन बुद्धिष्ट महासंघ), दकिला स्याङ्तान गुरुमा, आर.के. शाक्य (अध्यक्ष, वर्ल्ड फोरम फर बुद्धिजम), विकासदेव योन्जन (उत्प्रेरक वक्ता), साथै नेपाल बौद्ध महासंघ ,पाल्साङ वज्र लामा (नेपाल बौद्ध शान्ति समाज) को उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भ स्वागत मन्तव्यबाट गरिएको थियो, जसमा नीर बहादुर घलान (आचार्य छेवाङ्ग रिग्जीन)ज्यू ले सहभागी अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। त्यसपछि सभाध्यक्ष तथा प्रमुख अतिथिबाट मंगल पाठसहित समारोहको औपचारिक समुद्घाटन गरिएको थियो।

कार्यक्रममा धर्म, बौद्ध दर्शन, करुणा, शान्ति तथा मानव कल्याण सम्बन्धी महत्वपूर्ण मन्तव्यहरू प्रस्तुत गरिएका थिए। कार्यक्रम पहिलो दिन सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ।
त्यसैगरी, कार्यक्रमको दोस्रो दिन २०८३/०२/०२ मा सम्पन्न हुने छ। दोस्रो दिनको मुख्य आकर्षण स्वरूप परम पूज्यनीय श्रध्देय गुरु छोग्याल रिन्पोक्षे ज्यू द्वारा अमितायुस बुद्ध आगम र अभिषेक प्रदान गरिने कार्यक्रम रहेको छ। यस पावन अवसरले सहभागी भक्तजनहरूलाई आध्यात्मिक अभ्यास, दीर्घायुको आशीर्वाद तथा बौद्ध साधनाको गहिरो अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।
आयोजक समितिका अनुसार कार्यक्रमको दोस्रो दिन अझ विशेष र आध्यात्मिक रूपमा महत्वपूर्ण रहने अपेक्षा गरिएको छ। कार्यक्रमले बौद्ध शिक्षाको प्रवर्द्धन तथा समाजमा शान्ति र सद्भाव फैलाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
पहिलो दिनको कार्यक्रम यस्तो रह्यो।
१ (बिहान): चिया नास्ता : बिहान ७:३० – ८:३० बजेसम्म
२ (बिहान): उद्घाटनसहित औपचारिक कार्यक्रम : बिहान ८:३० – ९:३० बजेसम्म
३ (बिहान): उत्प्रेरणा कार्यक्रम (विकासदेव योन्जनज्यूबाट) : बिहान ९:३० – १०:३० बजेसम्म
४ (बिहान): प्रवचन (आर.के शाक्यज्यूबाट) : बिहान १०:३० – ११:४५ बजेसम्म
५ (दिउँसो): दिवा भोजन : दिउँसो १२:०० – १:०० बजेसम्म
६ (दिउँसो): प्रवचन : दिउँसो १:०० – २:३० बजेसम्म
७ (दिउँसो): चियापान : दिउँसो ३:०० बजे
दोस्रो दिनको कार्यक्रम यस्तो हुने छ।
१ (बिहान): चिया नास्ता : बिहान ८:०० – ९:०० बजेसम्म
२ (बिहान): औपचारिक स्वागत कार्यक्रम : बिहान ९:०० – ९:३० बजेसम्म
३ (बिहान): धर्मदेशना (प्रवचन) : बिहान ९:३० – ११:०० बजेसम्म
४ (बिहान): दिवा भोजन : बिहान ११:०० – १२:०० बजेसम्म
५ (दिउँसो): अमितायुस बुद्ध अभिषेक : दिउँसो १२:०० – २:०० बजेसम्म
६ (दिउँसो): समापन : दिउँसो २:०० – ३:०० बजेसम्म



