Dilgo Khyentse Yangsi Rinpoche’s First Film | करुणा मायाको प्रिमियर सम्पन्न

Dilgo Khyentse Yangsi Rinpoche ले निर्माण गर्नु भएको पहिलो चलचित्रको विशेष प्रदर्शन २०२६ मे ५ गते साँझ ५ बजे चाबहिलस्थित एफक्यूब सिनेमाज्मा सम्पन्न भएको छ।

नेवारी र तिब्बती समुदायको सांस्कृतिक परिवेशमा आधारित उक्त चलचित्रले परिवारभित्रको प्रेम, करुणा, आपसी समझदारी तथा देशप्रेमको सन्देश दिएको छ । चलचित्रमा समाजमा मानवीय सम्बन्धको महत्वलाई संवेदनशील ढंगले चित्रण गरिएको दर्शकहरू बताउँछन् ।

चलचित्र प्रदर्शनपछि रिन्पोछेले यो आफ्नो पहिलो चलचित्र भएकाले आफूले सक्दो मेहनत गरेको बताउनुभयो । उहाँले आगामी दिनमा अझ बढी समय, ऊर्जा र अनुभव लगानी गर्दै अझ उत्कृष्ट चलचित्र निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले चलचित्रको कथावस्तु, प्रस्तुति र सांस्कृतिक पक्षको प्रशंसा गरेका थिए। आयोजकले चलचित्रले नेपाली समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

Share

Related posts

Leave a Comment