श्रद्धेय धर्मगुरु १३ औँ अवतारी छोग्याल रिन्पोछेले सन् २०१७ मा स्थापना गर्नु भएको नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सोमबार काठमाडौँमा मनाइएको छ । चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मको प्रमुख आतिथ्यता र संघका संस्थापक अध्यक्ष छोग्याल रिन्पोछेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बौद्ध भिक्षु, आनी सहित बिआइए फाउण्डेसनमा आश्रय लिइरहेका सयभन्दा बढि शारिरिक अशक्त सहभागि थिए ।
सानैदेखि विभिन्न परोपकारी काम गर्दै आउनु भएका छोग्याल रिन्पोछेले २०१७ सालको भूकम्प पछि क्षति पुगेका गुम्बाहरुको पुर्ननिर्माणका लागि संघको स्थापना गर्न भएको हो । स्थापनाकालदेखि नै संघले विभिन्न परोपकारी कार्यसहित बौद्ध धर्मको संरक्षण र प्रवद्र्धनमा विशेष योगदान दिदै आइरहेको छ ।
ते्रस्रो वार्षिकोत्सव कार्यक्रममा संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले संघ स्थापना गर्नुको औचित्य र संघले हालसम्म गरेका कामहरुको जानकारी दिएका थिए । संघले सिन्धुपाल्चोक, मकवानपुर र ललितपुरमा भूकम्पले क्षति पुगेका ७ वटा गुम्बा निर्माण गरेको छ ।
संघले गुम्बा निर्माण बाहेक विश्व शान्ति बुद्ध पूजा, ग्रामिण क्षेत्रका नाक्पा लामाहरुलाई बौद्ध शिक्षाको ज्ञान तथा आर्थिक सहयोग समेत गर्ने गरेको कार्यकारी निर्देशक ठाकुरले बताए ।
संघका संस्थापक तथा अध्यक्ष छोग्याल रिन्पोछेले संघले बौद्ध धर्म र ज्ञानको क्षेत्रमा अझै व्यापकरुपले लाग्ने बताउनु भयो । चौथो वार्षिकोत्सव बौद्ध धर्मसँग सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच छलफल तथा अन्तरक्रिया गरेर मनाउने समेत उहाँको भनाई छ ।