बुद्धका उपदेशलाई विभिन्न भाषामा वाचन गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय कार्यक्रम

१७ कार्तिक, लुम्बिनी: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम सञ्चालन भइरहेको छ । नोभेम्बर १ देखि सुरु भएको उक्त कार्यक्रममा विभिन्न मुलुकबाट आएका बौद्ध धर्मगुरु, भिक्षु, भिक्षुणी तथा विद्वान्हरूको सहभागिता रहेको छ । बुद्धका शिक्षालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । छोकी निमा रिन्पोछेको मार्गदर्शनमा भइरहेको पाठ कार्यक्रममा सहभागीहरूले बुद्धका ज्ञान, उपदेश र दर्शनलाई विभिन्न भाषामा वाचन गरिरहेका छन् । पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अंग्रेजीलगायत भाषामा बुद्धवचन पाठ गरिँदा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध आध्यात्मिक गतिविधिको केन्द्र बनेको छ । बुद्धका कालजयी…

Read More

विश्वशान्ति र प्राणी जगतको कल्याणको कामनासहित लुम्बिनीमा मोन्लम पूजा

१७ कार्तिक,काठमाडौं: बुद्ध जन्मस्थल लुम्बिनीमा मानव कल्याण, विश्वशान्ति र समस्त प्राणीको दीर्घायुको कामना गर्दै तीनदिने विश्वशान्ति मोन्लम पूजा सम्पन्न भएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिरमा नेपाल बौद्ध लोटस श्रामणेरिका संघको आयोजनामा सोमबार पूजा सम्पन्न गरिएको हो । महायानी बौद्ध परम्पराअनुसार दैनिक नौ घण्टासम्म सञ्चालन भएको पूजामा १०५ जना श्रामणेरिका सहभागी भएका थिए । बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गरी खेम्पो उपाधि प्राप्त गरेका नौ जना श्रामणेरिकाले पूजाको अगुवाइ गरेका थिए । पूजाको मुख्य उद्देश्य सम्पूर्ण मानव समुदायको रक्षा, हित, सुस्वास्थ्य तथा प्रकृति र समस्त प्राणी जगतको कल्याण रहेको संघकी अध्यक्ष…

Read More

बुद्धका पवित्र अस्थिधातु तवाङ विहारमा, भारतका तीन बौद्ध केन्द्रमा सार्वजनिक दर्शन

१२८ वर्षअघि पिप्रहवामा भेटिएका बुद्धसँग सम्बन्धित अवशेषको विशेष प्रदर्शनी, तवाङपछि बोमडिला र नामसाई पुर्‍याइने । प्राचीन कपिलवस्तु र बुद्धको ऐतिहासिक विरासत फेरि चर्चामा १७ कार्तिक,काठमाडौं भगवान् गौतम बुद्धसँग सम्बन्धित पवित्र अस्थिधातु भारतको अरुणाचल प्रदेशस्थित ऐतिहासिक तवाङ विहारमा सर्वसाधारणको दर्शनका लागि राखिएको छ । भारतको नयाँदिल्लीस्थित राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरिएका पिप्रहवा अवशेषलाई विशेष धार्मिक समारोहसहित तवाङ पुर्‍याएर सार्वजनिक दर्शन सुरु गरिएको हो । भारतको संस्कृति मन्त्रालयका अनुसार ३१ अक्टोबरमा तवाङ पुर्‍याइएका अवशेषको औपचारिक स्वागत गरिएको थियो । नोभेम्बर १ देखि ७ सम्म तवाङ विहारमा सार्वजनिक दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ…

Read More