६ कात्तिक,सुनसरी: वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्। सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर रु ५० हजार लगानीमा च्याउखेती सुरु गरेका हुन्। विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले सुरु गरेको व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी हुने गरेको उनले बताएका छन्। च्याउखेती सुरु गरेको वर्षमा घाटा व्यहोर्नुपरे पनि पछिल्लो समय आम्दानी बढ्दै गएको गुप्ताले बताए। अहिले करिब छ कट्ठा क्षेत्रफलमा छवटा टनेल निर्माण गरी च्याउखेती गर्दै…
Read MoreDay: November 2, 2026
देवदहमा तीन महिने कथिन चीवर दान सम्पन्न
१६ कात्तिक,रूपन्देही: रुपन्देहीको देवदहमा कथिन चीवर दान कार्यक्रम आयोजना गरिएको छ । यशोधरा भिक्षुणी विहार देवदह र त्रिरत्न वन्दना पुचः बुटवलको संयुक्त आयोजनामा आइतबार तीनमहिने वर्षावास पूरा गरेका भिक्षु तथा भिक्षुणीलाई पहिलो पटक कथिन चीवर दान गरिएको हो । विहार व्यवस्थापन समितिका सचिव तिलविक्रम बुढाथोकीका अनुसार कार्यक्रममा २० जना भिक्षु तथा भिक्षुणी सहभागी थिए । विहारमा श्रीलङ्काका चन्दनन्द भन्ते र अमेरिकाका श्रामणेर सुमनाले वर्षावास गरेका थिए । कार्यक्रममा देवदह, बुटवल, काठमाडौँलगायत देशका विभिन्न स्थान तथा भूटानबाट आएका उपासक–उपासिकाको सहभागिता रहेको थियो । स्थानीय पत्रकार विष्णु पोखरेलले बुद्ध शिक्षाले मानव जीवनमा…
Read More