बुद्धका उपदेशलाई विभिन्न भाषामा वाचन गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय कार्यक्रम

१७ कार्तिक, लुम्बिनी: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम सञ्चालन भइरहेको छ । नोभेम्बर १ देखि सुरु भएको उक्त कार्यक्रममा विभिन्न मुलुकबाट आएका बौद्ध धर्मगुरु, भिक्षु, भिक्षुणी तथा विद्वान्हरूको सहभागिता रहेको छ । बुद्धका शिक्षालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

छोकी निमा रिन्पोछेको मार्गदर्शनमा भइरहेको पाठ कार्यक्रममा सहभागीहरूले बुद्धका ज्ञान, उपदेश र दर्शनलाई विभिन्न भाषामा वाचन गरिरहेका छन् । पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अंग्रेजीलगायत भाषामा बुद्धवचन पाठ गरिँदा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध आध्यात्मिक गतिविधिको केन्द्र बनेको छ ।

बुद्धका कालजयी शिक्षाको संरक्षण, प्रचारप्रसार तथा अन्तर्राष्ट्रिय बौद्ध समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्य बोकेको यो कार्यक्रम नोभेम्बर ७ सम्म सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न देशका बौद्ध समुदायका प्रतिनिधि तथा धर्मावलम्बीहरूको सहभागिता रहेको छ ।

Share

Related posts

Leave a Comment