प्रतित्यसमुत्पाद देशना तथा ध्यान साधना शिविर सुरु

राजधानीको बौद्धस्थित प्राचीन अनुवाद एकमात्र गुरुसंघ नेपालको सभाहलमा पुस २२ गतेबाट प्रतित्यसमुत्पाद देशना तथा ध्यान साधना शिविर सुरु भएको छ । आगामी पुस २८ गतेसम्म चल्ने शिविरमा बुद्ध धर्मसँग सम्बन्धित अनुयायीहरु, अन्य धार्मिक आस्थाका स्वदेशी तथा विदेशी व्यक्तित्वहरुको सहभागिता रहेको छ । डा. टशी छिरिङ (होमबहादुर) ले आफ्नो निजी खर्चमा शिविर सञ्चालन गर्नुभएको हो ।

शिविरमा उपस्थित भएर धर्मको अनुशरण गर्ने, धार्मिक उपासक, उपासिकाहरुलाई सत्य मार्गमा लाग्ने, त्यसलाई व्यवहारमा उतार्ने र पञ्चशील ग्रहण गरेपछि सर्वलाभ हुने विश्वास गरिएको छ । निजी खर्चमै शिविर सञ्चालन गर्नुभएका डा. छिरिङले धर्म गुरुको कर्तव्य भनेको ज्ञान बाँडनु रहेको, चार आर्य सत्य र छ लोकको बारेमा ज्ञान दिनु समेत रहेको नेपाल एक्सप्लोर्सलाई बताउनु भयो । शिविरमा युवादेखी प्रौढ उमेरका मानिसहरुको उपस्थिति रहेको छ । शिविरमा विभिन्न धर्म गुरुहरुले प्रवचन दिइरहनु भएको छ ।

Share

Related posts