बौद्ध धर्म, दर्शन र गतिविधिलाई आम पाठकमाझ समाचारको रुपमा प्रस्तुत गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको नेपाल बुद्धिष्ट न्यूज डटकमको औपचारिक शुभारम्भ भएको छ । शुक्रबार काठमाडौँको बौद्धमा एक कार्यक्रम गरी नेपाल बुद्धिष्ट न्यूज सञ्चालनमा आएको हो ।
कार्यक्रममा नेपाल बुद्धिष्ट न्यूजको वेवसाइटलाई प्रमुख अतिथि छोग्याल रिम्पोछे र विशेष अतिथि तपस्सी धम्मले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
नेपाल बुद्धिष्ट न्यूज सञ्चालनको औचित्य प्रष्ट पार्दै कार्यकारी सम्पादक सुरज खड्काले रिम्पोछे, लामा, भिक्षु तथा बौद्ध दर्शन वा जीवनशैलीसँग आवद्ध सबैलाई बौद्ध धर्म र दर्शनसँग सम्बन्धित विषयलाई समाचारको रुपमा प्रस्तुत गर्न अनुरोध गरे ।
कार्यक्रममा बौद्ध धर्म अन्तर्गतका विभिन्न सम्प्रदायका लामाा, भन्ते तथा अनुयायीहरुको सहभागिता थियो ।
Share