ललितपुरको चापागाउँमा रहेको तीन शताब्दी पुरानो ऐतिहासिक पुरातात्विक बुद्धका दुई वटा मूर्ति चोरी भएको छ । चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गत सोमबार चोरी भएको स्थानीयको भनाइ छ । चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको स्थानीय राजाराम श्रेष्ठले बताए ।
चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन वटा चोरी भइसकेको श्रेष्ठको भनाइ छ । बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले फेला पारेका छन् । यो चैत्य नेपाल संवत् ८२५ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ । काठमाण्डौं उपत्यका अपराध अनुशन्धान शाखाबाट अनुशन्धानको काम भएको छ ।
Share