कृत्रिम बुद्धिमत्ताको नैतिकतामाथि बौद्ध दर्शनको बहस : एल्गोरिदममा पनि जिम्मेवारी खोज्नुपर्ने तर्क

काठमाडौं, २० कार्तिक: कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग विश्वभर विस्तार भइरहेका बेला यसको नैतिकता र जिम्मेवारीबारे नयाँ बहस सुरु भएको छ । एआईले गर्ने निर्णयका कारण कुनै व्यक्ति ऋण पाउनबाट वञ्चित भयो, रोजगारीमा विभेद भयो वा आर्थिक तथा सामाजिक क्षति बेहोर्नुपर्‍यो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न अहिले महत्त्वपूर्ण बन्दै गएको छ । अन्तर्राष्ट्रिय बौद्ध सञ्चारमाध्यम बुद्धिस्टडोर ग्लोबलमा नोभेम्बर ५ मा प्रकाशित अमेरिकी विद्यार्थी ग्याभिन लामको आलेखले यस विषयलाई बुद्धको दर्शनसँग जोडेर व्याख्या गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियामा कानुन अध्ययनरत लामले आफ्नो आलेखमा बुद्धको चेतना, कर्म, प्रतीत्यसमुत्पाद…

Read More

भुटानमा ४० हजारभन्दा बढी स्वयंसेवकले एकै दिन खडा गरे १०८ बौद्ध स्तूप, माइन्डफुलनेस सिटी निर्माणमा ऐतिहासिक जनसहभागिता

१२ किलोमिटर नदी किनारमा १५ मिटर अग्ला स्तूपहरूको शृङ्खला, दुई लाख मानिस साक्षी । भुटानले आध्यात्मिकता, वातावरण संरक्षण र आर्थिक समृद्धिलाई जोडेर नयाँ सहर निर्माण गर्दै काठमाडौं, २० कार्तिक: हिमाली राष्ट्र भुटानमा ४० हजारभन्दा बढी स्वयंसेवकले एकै दिन १०८ वटा विशाल बौद्ध स्तूप खडा गरेर सामूहिक श्रम, आध्यात्मिक आस्था र राष्ट्रिय एकताको असाधारण उदाहरण प्रस्तुत गरेका छन् । भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुकको परिकल्पनामा निर्माणाधीन ‘गेलेफु माइन्डफुलनेस सिटी’ परियोजनाअन्तर्गत नोभेम्बर १ मा हजारौँ स्वयंसेवकले एकसाथ काम गरेर स्तूपहरूको बाहिरी संरचना निर्माण गरेका हुन् । भारतको आसाम राज्यसँग सीमा जोडिएको…

Read More