भिक्षुणी शिक्षा र नेतृत्व विकासको अन्तर्राष्ट्रिय केन्द्र बन्दै चोभारको नयाँ विहार

१९ कार्तिक,काठमाडौं: काठमाडौं उपत्यकाको चोभारमा नयाँ विहार उद्घाटनसँगै नौदिने विशेष धर्मशिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । अक्टोबर २९ देखि नोभेम्बर ६ सम्म आयोजना गरिएको कार्यक्रममा विश्वका विभिन्न देशबाट आएका श्रद्धालु, साधक तथा बौद्ध धर्मावलम्बीहरूको सहभागिता रहेको छ । कार्यक्रममा छोक्नी रिन्पोछे र खाम्त्रुल रिन्पोछेले विभिन्न चरणमा बौद्ध दर्शन, ध्यान तथा आध्यात्मिक साधनासम्बन्धी शिक्षा प्रदान गरिरहेका छन् । नौ दिनसम्म सञ्चालन हुने कार्यक्रमलाई तीनवटा खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्ड तीन दिनको रहेको छ । यस अवधिमा गुरु रिन्पोछेसम्बन्धी दीर्घायु अभिषेकलगायत विशेष धार्मिक अनुष्ठानसमेत समावेश गरिएको छ । नयाँ शिक्षाकेन्द्रले…

Read More

लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

१९ कात्तिक,रूपन्देही: लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई कुन दिशामा अगाडि बढाउने भन्ने बहस सुरु भएको छ । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा र सदस्यसचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेसँगै कोषमा नयाँ जिम्मेवारी र अपेक्षा थपिएका छन् । नयाँ नेतृत्वसामु वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना अघि बढाउने र पुरातात्विक सम्पदाको संरक्षण गर्ने चुनौती छन् तर लुम्बिनीको विकासलाई भौतिक पूर्वाधार निर्माणमा मात्रै सीमित नराखी बुद्धका उपदेश, दर्शन र शान्तिको सन्देशसँग जोड्नु अहिलेको आवश्यकता देखिएको छ । सन् १९७८ मा जापानी वास्तुविद्…

Read More

आनीहरूको शिक्षाका लागि ऐतिहासिक पहल, चोभारमा भेला भए विश्वप्रसिद्ध धर्मगुरु

छोक्नी रिन्पोछेको तीन दशक लामो अभियानले पायो नयाँ स्वरूप १९ कार्तिक,काठमाडौं: आनीहरुको शिक्षादीक्षा, आध्यात्मिक साधना र आधुनिक अध्ययनका लागि निर्माण गरिएको ‘छोक्नी गेचक लिङ’ विहारको नयाँ परिसर उद्घाटन गरिएको छ । विश्वप्रसिद्ध बौद्ध गुरु छोक्नी रिन्पोछेको पहलमा स्थापित यो केन्द्रलाई आनीहरूको शिक्षा र सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । अक्टोबर २६ र २७ मा आयोजित दुईदिने विशेष समारोहमा तिब्बती बौद्ध धर्मका विभिन्न परम्पराका वरिष्ठ गुरु, रिन्पोछे, भिक्षु, भिक्षुणी तथा अन्तर्राष्ट्रिय श्रद्धालुहरू सहभागी भएका थिए ।उद्घाटन समारोह नवौँ खाम्त्रुल रिन्पोछे ग्याल्वा दोखाम्पा शेद्रुब न्यिमाको विशेष उपस्थितिमा सम्पन्न भएको थियो…

Read More