दोलखामा गुम्बा निर्माणका लागि आवश्यक रकम संकलनका लागि सुरु गरिएको १८ दिने अभियानको समापन भएको छ । गुम्बा निर्माण लागि आर्थिक संकलनको नेतृतव बेलायतमा रहेकी अन्तिम तमुस्योले गरेकी थिइन् । कुन्सल थोङ्ड्रोलिङ गुम्बा पुनःनिर्माणका लागि गरिएको अभियानबाट १६ लाख १७ हजार रुपैयाँ संकलन भएको छ । संकलित रकम टुल्कु साम्तेन रिन्पोछे र गुम्बा व्यवस्थापन समितिका अध्यक्ष खेनरिन्पोछे सोनाम वाङ्गेल लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।
सामाजिक सञ्जालबाट आह्वान गरी सुरु भएको आर्थिक संकलनमा विभिन्न देशमा रहेका शुभेच्छुकहरुले सहयोग गरेका थिए । बेलायतमा रहँदै आएकी अन्तिम तमुस्यो बौद्ध धार्मिक गतिविधि र सामाजिक कार्यहरुमा सरिक रहदै आएकी छन् ।
Share