दक्षिण कोरियाको १४औँ शताब्दीको दुर्लभ बौद्ध चित्रकलाको संरक्षणमा रायट गेम्सको सहयोग

११ मंसिर : दक्षिण कोरियाको गोर्यो राजवंशकालीन १४औँ शताब्दीको दुर्लभ बौद्ध चित्रकलाको संरक्षणका लागि अमेरिकी भिडियो गेम निर्माता कम्पनी रायट गेम्सले आर्थिक सहयोग गर्ने भएको छ । सान फ्रान्सिस्कोस्थित एसियन आर्ट म्युजियममा सुरक्षित रहेको अमिताभ बुद्ध तथा आठ महाबोधिसत्त्व नामक ऐतिहासिक चित्रकलाको संरक्षण तथा पुनर्स्थापना गर्न कम्पनीले आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । नोभेम्बर २४ मा सार्वजनिक गरिएको यस पहललाई कोरियाली बौद्ध कला तथा सांस्कृतिक सम्पदाको संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । उक्त चित्रकलामा अमिताभ बुद्धलाई उच्च आसनमा पद्मासन मुद्रामा विराजमान देखाइएको छ भने उहाँको दायाँ…

Read More

फिलिपिन्समा त्जु ची फाउन्डेसनले चार सय शय्याको अस्पताल निर्माण गर्ने

११ मंसिर काठमाडौं : ताइवानमा मुख्यालय रहेको बौद्ध मानवीय संस्था त्जु ची फाउन्डेसनले फिलिपिन्समा चार सय शय्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने भएको छ । स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले संस्थाले फिलिपिन्सको प्रमुख घरजग्गा तथा पूर्वाधार विकास कम्पनी एसएम प्राइम होल्डिङ्ससँग सहकार्य गर्ने सम्झौता गरेको हो । अस्पतालको नाम त्जु ची मेडिकल सेन्टर राखिनेछ । यो अस्पताल राजधानी मनिलानजिकै पासे सहरस्थित एसएम मल अफ एसिया कम्प्लेक्समा निर्माण गरिनेछ । परियोजनाअन्तर्गत एसएम प्राइमले अस्पताल निर्माणका लागि समुद्री किनारको बुलेभार्ड क्षेत्रमा १० हजार वर्गमिटर जग्गा उपलब्ध गराउने तथा भवनको डिजाइन र…

Read More