सेचेन गुम्बामा लामा नृत्य

हरेक महिनाका दशमी तिथीमा गुरु रिन्पोछेका विशेष लिला रहेका छन् । त्यसैले हिमाली बौद्धमार्गीका लागी हरेक महिनाको दशमी तिथी विशेष रहेको छ । मंगलबार दशमी तिथीकै अवसर पारेर काठमाडौँको सेचेन गुम्बामा विशेष लामा नृत्य प्रस्तुत गरियो ।

नृत्यमा लामाहरुले बुद्ध र गुरु रिन्पोछेसँग सम्बन्धित विभिन्न भावका प्रस्तुतिहरु दिए । हरेक महिनाको दशमी तिथी विशेष रहेको उल्लेख गर्दै चैत महिनाको दशमी तिथीलाई सेचेन गुम्बामा रिन्पोछेको जन्मदिनको रुपमा मनाइएको गुम्बाका खेन्पो सेलनांग मुगुमले जानकारी दिए ।

सेचेनमा वर्षेनी आयोजना हुँदै आएको लामा नृत्यमा उल्लेख्य धर्मावलम्वी सहभागि हुने गरेका थिए । तर कोरोना महामारीको प्रकोप यथावत नै रहेका कारण यो पटक सिमित व्यक्तिलाई मात्रै गुम्बामा प्रवेश गराइएको थियो । गुम्बामा उपस्थित हुन नपाएका अनुयायीका लागी सेचेन गुम्बाको अफिसियल फेसबुक पेजमार्फत भिडियो लाइभ गरेर घरमै बसेर हेर्न सकिने व्यवस्था मिलाइएको थियो ।

Photo Courtesy : Sechen Monastery Nepal

Share

Related posts