बौद्ध शिक्षा विस्तार मैत्री धर्मद्वीप केन्द्रद्वारा छेथार अर्थात जीवनदान

बौद्ध शिक्षा विस्तार मैत्री धर्मद्वीप केन्द्रद्वारा आयोजित छेथार अर्थात जीवन दान कार्यक्रम बुधवार सम्पन्न भयो । केन्द्रले जीवनदान कार्यक्रम अन्तर्गत ३ सय ५० धानचरी र ५० परेवालाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लगेर आर्युदान विधि, आयु सुत्र, धारणी पुजापाठका साथ जीवनदान गरेको हो ।

जीवनदान कार्यक्रम सफल बनाउन यूके आस्फोर्ड केन्टका समाजसेवी शान्ती तामाङ लगायतको भूमिका रहेको थियो । बौद्ध धर्म अनुसार प्राणीको प्राण दान गरेमा शीलवान भिक्षुजस्तै पूण्यवान् हुने र एक प्राणीको जीवनदान गरेमा एक दुर्गतिमा जन्मलिने कर्म शुद्ध हुने मान्यता रहेको छ । साथै यस्तो पवित्र कार्यले दशहजार कल्पका सञ्चित पापहरू शुद्ध हुने र आयु लामो हुनुका साथै रोगव्याधीबाट छुटकारा पाइने विश्वस पनि गरिदै आएको छ ।

Share

Related posts