खिजिदेम्बामा गुम्बा र चैत्य शिलान्यास

खिजिदेम्बा गाउँपालिकाको वडा नम्बर ५ को पञ्च बुद्व टोलमा ङिङ्मा छोकोर छोलिङ गुम्बा र बोधी चैत्य छ्योर्तेनको एक साथ शिलान्यास गरिएको छ । उक्त गुम्बा र छ्योर्तेन निर्माणको लागि स्थानीयले सहयोग गरेका छन । गुम्बा र छ्योर्तेन निर्माणका लागि स्थानीय समाजसेवी कमल कृष्ण तामाङको अध्यक्षतामा गुम्बा समिति गठन भएको छ।

गुम्बा र चैत्य निर्माणले खिजिफलाटे आसपासमा बसोबास गर्नेहरुलाइ धार्मिक र आर्थिकरुपले पनि ठूलो टेवा पुग्ने खिजिदेम्बा गाउपालिकाका अध्यक्ष गम्बु शेर्पाको भनाइ छ । गाउँपालिकाकै लागि महत्त्वपूर्ण रहेको गुम्बा र चैत्य निर्माणका लागि सबैले सहयोग गर्नु पर्ने गाउँपालिका अध्यक्ष शेर्पाले अपिल गरे ।

Share

Related posts

Leave a Comment