गुम्बै-गुम्बाको गाउँ चुमनुब्री

गोरखाको चुमनुब्री गुम्बैगुम्वाले भरिएको छ । नयाँ र पुराना गरी ९२ वटा गुम्वा रहेको यहाँ झण्डै ९४ प्रतिशत बौद्ध धर्मालम्वीहरु बसोबास गर्छन् । रिम्पुचेहरुबाट संरक्षित चुमनुब्रीका गुम्बाहरु ध्यान गर्ने र ज्ञान प्राप्त गर्ने थलोको रुपमा परिचित छन् ।

पिटिसी-श्रृंगी हिमालको काखमा रहेको यो श्रृंगी गुम्बा बौद्धधर्मालम्वी ध्यान र ज्ञान केन्द्रका रुपमा लिने गर्दछन् ।

गोरखा चुमनुब्रीको शेराङमा रहेको स्थानीय शेरांगी नामले चिनिने श्रृंगी गुम्बामा रेजेन लामाले ८ महिनाको ध्यान गर्दै तपस्या पूरा गरे । उनी अहिले यही गुम्बामा बस्छन् । बेलाबेलामा गुरुका रुपमा रहेको रिम्पुचेको प्रवचन र औतारी लामा दर्शन पाउने यस गुम्बामा उनी जस्तै लामा बन्न चाहनेहरु आएर ३ महिनादेखि २ वर्षसम्म विभिन्न ध्यान र तपश्यामा समय बिताउाछन् ।

दुइ वटा ठूला उपत्यकाहरु चुम र नुब्री मिलेर बनेको गोरखाको चुमनुब्री गाउापालिका पशुपंक्षीको काटमार गर्न नपाइने अहिंसा क्षेत्र पनि हो । यहाा राजेन, मिलारुपा, चुम, श्रृंगी, म्हु, हिनाङ, पुंगेन, पेमाछुलिङ लगायतका ९२ भन्दा बढी गुम्बाहरु छन् । यि गुम्बाहरुमा बषर्ाै पुरानो मूर्ति, ताम्रपत्र र थान्का लगायतका कलाकृति देख्न पाईन्छ ।

यि गुम्बाहरु मध्ये कुनै महिलाहरु मात्र बस्ने आनी गुम्बा छन् भने कुनै आनी र लामाहरु दुवैको गुम्बाहरु पनि छन् । यहााका गुम्बाहरु रिम्पुचेहरुबाट संरक्षित छन् ।

Share

Related posts