दोलखा र रामेछापको सिमावर्ती टाकुरा शैलुङमा ज्याङछ्युब छ्योर्तेनको प्राणप्रतिष्ठा गरिर्एको छ । टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछे ज्युले वि.सं. २०७० सालमा दोलखाको शैलुङको भ्रमण गरेपछि ‘शैलुङमा ज्याङछ्युब छ्योर्तेन’ निर्माण गर्ने इच्छा व्यक्त गरेको र उहाँकै इच्छा अनुसार छ्योर्तेनको निर्माणका लागि २०७१ मा शैलुङ रिगसुम गोम्पो सेवा समाजको स्थापना गरिएको थियो । रिन्पोछेकै परिकल्पनामा सेवा समाजको अगुवाइमा २०७२ चैत्र २० गते छ्योर्तेनको शिलान्यास भएको थियो ।
शैलुङ रिगसुम गोन्पो सेवा समाजले २०७२ मा छ्योर्तेनको निर्माण सुरु गरेको थियो । निर्माण सुरु भएको करिब ७ वर्षपछि छ्योर्तेनको शुद्धीकरण तथा प्राण प्रतिष्ठा हालै सम्पन्न भएको छ । छ्योर्तेन करिब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
शैलुङ ज्याङछ्युब छ्योर्तेन (बोधि चैत्य )को भव्य समारोहबीच प्राणप्रतिष्ठा सहित उद्घाटन गरिएको छ । गएको बिहीबार प्रमुख अतिथि एवं धर्मगुरु क्याब्जे सेचेन रब्ज्याम रिन्पोछे र क्याप्झे टुल्कु लोसाङ नाम्ग्गयाल रेन्पोछेद्वारा धार्मिक विधि रापने (शुद्धीकरण तथा प्राण प्रतिष्ठा) सम्पन्न गरी छ्योर्तेनको उद्घाटन गरिएको हो ।
दोलखाको शैलुङमा छ्योर्तेनको प्राणप्रतिष्ठा

Share