पोखरास्थित बौद्ध अर्घौ सदनमा नव निर्मित गुम्बाको फागुन २२ गते सोमवार प्राण प्रतिष्ठ (रब्ने) पुजा अनुष्ठान तथा अभिषेक प्रदान गरिएको छ । गुम्बाको प्राणप्रतिष्ठा र उद्घाटन परम पुज्यनिय गुरुबर क्याब्जे राब्जम रिन्पोछे ज्यु लगायत विशिष्ट गुरुहरुको उपस्थितिमा भएको हो ।
गुम्बा उद्घाटन बाहेक फाल्गुण २३ र २४ गते क्षोठुल दुईक्षेनको विशेष पुण्य तिथि अनुकूलमा विश्व प्रशिद्ध परम पुज्यनिय बौद्ध गुरु सेचेन रबजम रिन्पोछेको बाहुलीबाट गरिने भएको छ । गुम्बामा प्राण प्रतिष्ठा कार्यक्रमका लागि रबजम रिन्पोचे फागुन २२ गते पोखरा पुग्नु भएको थियो ।
फाल्गुण २३ गते मंगलबार (क्ष्योठुल दुईक्षेन) पूर्णिमाको दिन बिहान ८ः०० बजेदेखि ११ः३० बजेसम्म गुम्बा प्राणप्रतिष्ठा (रब्ने) र १ः०० बजेदेखि ४ः३० बजे सम्मा पुजा बाचन लगायतका कार्यक्रम रहेको छ ।
फाल्गुण २४ गते बुधबार, बिहान ८ः०० बजेदेखि ११ः०० सम्म गणचक्र पुजा, दिउँसो १ः०० बजेदेखि ३ः०० बजे सम्म रिन्पोछे गुरुबाट प्रबचन तथा बुद्ध अमिताभको वाङ (अभिषेक) प्रदान गर्ने कार्यक्रम रहेको छ ।