विरचित रत्नसमुच्चय नेपालीमा भाषामा विमोचन

हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रले नेपाली भाषा अनुवाद गरेको महा निधि प्रकाशित ज्याछोन ञिङपोद्धारा विरचित रत्नसमुच्चय (कोछ्योग च्यिदुइ) को विमोचन गरिएको छ । केही दिन अघि काठमाडौँको बौद्धस्थित होटल तिब्बतमा विशेष कार्यक्रमका बीच उक्त पुस्तकको विमोचन गरिएको हो ।

श्रद्धेय धर्म गुरु डोल्पो टुल्कु रिन्पोछेज्युको प्रमुख आतिथ्यमा पुस्तक विमोचन गरिएको हो । विमोचन कार्यक्रममा विशिष्ट बौद्ध धर्मगुरुहरुका साथै बुद्धवचन अनुवाद समितिका संयोजक टीका शेर्पा, अनुवादक तथा बौद्ध धर्म र दर्शनका ज्ञाता पुण्य पराजुली लगायत सहभागि थिए । नेपाली भाषामा अनुवाद भएको पूस्तकले बौद्ध दर्शन र ज्ञान बुझ्न थप सहज हुने हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रका कोशिस लोप्साङ वाइवाको भनाइ छ ।

कार्यक्रमको आयोजना हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रले गरेको हो ।

Share

Related posts