कही समययता बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश बोकेर देशविदेशमा विविध कार्यक्रम चलाउँदै आएका चर्चित गायक धिरज राईले शनिबार चितवनको सौराहामा बेग्लै किशिमको कार्यक्रम गरे । उनले सौराहामा रहेका करिब १०० हात्तीमा Buddha was born in Nepal लेखेर त्यहाँ आएका पर्यटकलाई गौतम बुद्धको जन्मस्थल नेपाल हो भन्ने जानकारी दिए ।
नेपाल घुम्न आउने पर्यटक पाहुना मात्रै नभएर जुन देशबाट आएका हुन् ती देशको सांस्कृतिक दुत पनि हुन् भन्दै राईले पर्यटकलाई बुद्धको जन्मस्थलको वास्तविकता थाहा भए हाल कतिपय मुलुकमा बुद्धको जन्मस्थल सम्बन्धीको भ्रम हटेर जाने दावी गरे ।
गायक राई लामो समयदेखि विभिन्न मुलुकमा पुस्तकमा बुद्धको जन्मस्थल बारे रहेको भ्रम हटाउने अभियानमा छन् ।
Share