तिब्बती बौद्ध भिक्षुणीहरूको शैक्षिक उपलब्धि : सन् २०२६ मा ३३ जनाले प्राप्त गरे गेशेमा उपाधि

२१ कार्तिक,काठमाडौं: तिब्बती बौद्ध परम्परामा महिलाको धार्मिक तथा शैक्षिक सहभागिता विस्तार हुँदै गएको छ । बौद्ध दर्शन, धर्मग्रन्थ र तर्कशास्त्रको लामो अध्ययनपछि भिक्षुणीहरूले उच्च शैक्षिक उपाधि हासिल गर्ने क्रमले नयाँ उपलब्धि थपिरहेको छ । सन् २०२६ मा ३३ जना तिब्बती बौद्ध भिक्षुणी गेशेमा उपाधि प्राप्त गर्न सफल भएको समाचारले बौद्ध शिक्षामा महिलाको बढ्दो उपस्थितिलाई उजागर गरेको छ । गेशेमा तिब्बती बौद्ध परम्परामा भिक्षुणीहरूले हासिल गर्ने उच्च शैक्षिक उपाधि हो । यो उपाधि प्राप्त गर्न वर्षौँसम्म बौद्ध दर्शन, विनय, अभिधर्म, प्रज्ञापारमिता, मध्यमक तथा बौद्ध तर्कशास्त्रलगायत विषयको गहन अध्ययन गर्नुपर्छ । अध्ययनसँगै…

Read More

लुम्बिनीमा विश्वशान्तिको कामनासहित पाँचदिने ताक्लुङ काग्यु महाप्रार्थना महोत्सव सम्पन्न

१२ कार्तिक,लुम्बिनी: विश्वशान्ति, मानव कल्याण र सम्पूर्ण प्राणी जगतको सुख, शान्ति तथा दीर्घायुको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आयोजना गरिएको पाँचदिने ताक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सव शुक्रबार सम्पन्न भएको छ । तिब्बती बौद्ध परम्पराअनुसार आयोजना गरिएको महोत्सवमा मानवसहित सम्पूर्ण जीवजन्तुको रक्षा, हित र कल्याणका लागि महान् प्रणिधान प्रार्थना गरिएको थियो । महायानी तथा तिब्बती बौद्ध परम्परामा विशेष महत्त्व राख्ने उक्त प्रार्थना बौद्ध धर्मावलम्बीले विषेस रूपमा पाठ गर्ने प्रार्थनामध्ये एक मानिन्छ । महोत्सवका क्रममा काठमाडौंका तीन प्रतिष्ठित गुरु फडो रिम्पोछे, माफ्तो रिम्पोछे र छेम्टो रिम्पोछेले सहस्र बुद्धको अभिषेक तथा धर्मोपदेश…

Read More

गोन्पा विद्यालय समितिको नयाँ नेतृत्वमा टासी थुण्डु शेर्पा

काठमाडौं । नेपाल बौद्ध महासंघअन्तर्गतको बौद्ध विद्यालय समिति नेपालले परम्परागत धार्मिक प्रकृतिका गोन्पा विद्यालयहरूको बृहत् भेला सम्पन्न गरेको छ । कार्तिक २० गते काठमाडौंस्थित नेपाल बौद्ध महासंघको सभाहलमा आयोजित भेलाले टासी थुण्डु शेर्पाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पासाङ शेर्पा, महासचिवमा झाविन्द्र कुमार सुवेदी, सचिवमा पेम्बा छिरी शेर्पा र कोषाध्यक्षमा राश्मी केसी चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा राजु गुरुङ र तेन्पा ग्याल्छेन चयन भए । नेपाल बौद्ध महासंघका अध्यक्ष तथा बौद्ध विद्यालय समिति नेपालका संयोजक नुर्बु थुन्डु शेर्पाको अध्यक्षतामा सम्पन्न…

Read More