बौद्धनाथ परिसरमा डोल्मा ह्युल्दोग अर्थात २१ तारादेवी पूजा हुँदै

बौद्ध झ्यारुङ खस्योर छ्योर्तेन रिन्पोछेको प्राङ्गणमा ल्होसारको अवसर पारेर ३ दिन सम्म डोल्मा ह्युल्दोग (२१ तारादेवी) को पुजा कार्यक्रम हुने भएको छ । प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनामा विश्व शान्ति तथा समस्त जगत प्राणीहरुको कल्याण, हितको प्रार्थना गर्दै पूजा गरिन लागिएको हो । तारादेवी पूजाले सम्पुर्ण मानवमा आईपर्ने रोगब्याधी तथा बिघ्न बाधा, अड्चनहरुबाट मुक्ति हुने, सोचेको कार्य पुरा हुने, साथै ब्यापार ब्यवसाय राम्रो हुने धार्मिक विश्वास रहँदै आएको छ ।सेचेन गुम्बाका टुल्कु ग्यूर्मे कुन्साङ र सस्थाका प्रमुख लामा गुरु ङक्पा पेमा ह्रङ्डोलको उपस्थितिमा डोल्मो ह्युल्दोग (२१ तारादेवी)को पूजा हुनेछ ।

पूजाका लागि संस्थाका वरिष्ठ सल्लाहकार एवं समाजसेवी वीरबहादुर गोलेको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम ब्यवस्थपानमा सस्थाका अध्यक्ष राजन कुमार तामाङ (सोनाम), प्रचार–प्रसारमा महासचिव रोज बहादुर तामाङ (च्याङवा), आर्थिकमा कोषध्यक्ष राजु लामा, स्वयमसेवकमा उपाध्यक्ष खेल बहादुर लामा र लामा ब्यवस्थापनमा सोनाम गोले रहेका छन् ।

ल्होसारको अवसरमा पूजा यही फागुण ८, ९ र १० गतेसम्म हुनेछ । पूजामा सहभागि हुन संस्थाका महासचिव रोज बहादुर तामाङ (च्याङ्वा)ले सम्पुर्ण उपासाक–उपासिकाहरुमा हार्दिक निमन्त्रणा समेत गरेका छन् ।

Share

Related posts