स्पेनमा ४० मीटरको बुद्ध मूर्ति बनाइने

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सहकार्यमा स्पेनको कासेर्स शहरमा बुद्ध मूर्ति बनाइने भएको छ । त्यहाँ रहेको बौद्ध कम्प्लेक्समा विश्व शान्तिका लागि विशाल बुद्ध मूर्ति बनाइन लागिएको हो ।

उक्त बुद्ध कम्प्लेक्समा नीजि स्वामित्वमा रहेको लुम्बिनी गार्डेन फाउण्डेसनले बगैचा, बुद्ध विहार, स्तुप, पूस्तकालय, बुद्धको अवशेष, २० भिक्षुका लागि आवास समेत निर्माण गर्नेछ । कम्प्लेक्सकै आकर्षणको रुपमा रहने बुद्धको मूर्ति ४० मीटर उचाईको बनाइनेछ ।

गत जनवरीमा कासेरेस शहर र लुम्बिनीका मेयरबीच दुवै शहरबीच मूर्ति बनाउने विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको थियो ।

यो योजनाको घोषणा स्पेनको राजधानी मड्रिडमा २०२० जनवरी २२ मा भएको थियो । बुद्ध मूर्ति बनाएपछि यस क्षेत्रमा एसियाली पर्यटकको संख्या बढ्न सक्ने विश्वास राखिएको छ । कासेरेसका मेयर लुईस सलैया जूलियानले निर्माणको घोषणा गरिएको बुद्ध कम्प्लेक्स यसै वर्षको अन्त्यदेखि शुभारम्भ आशा राखेका छन् ।

स्पेनको कासेरस राजधानी मड्रिडभन्दा ३ सय किलोमीटर दक्षिणमा रहेको प्राचीन शहर हो । इशापूर्व २५ अघि नै पत्ता लागेको यो शहरमा १ लाखभन्दा बढि जनसंख्या रहेको छ । युनेस्कोको विश्वसम्पदा सूचीमा रहेको कासेरसमा बुद्ध कम्प्लेक्स बनाउने तयारी गरिरहेको बुद्ध गार्डेन फाउण्डेसन मड्रिडमा सन् २०१९ मा स्थापना भएको हो ।

Share

Related posts

Leave a Comment