अभिनेत्री मिरुना विरुद्ध प्रदर्सन, हिरासतमा रहेका लामा रिहा

आइतवार चलचित्र ‘कबड्डी ४’को प्रतिक्रिया बुझ्न काठमाडौंको सिभिल हलमा पुग्ने क्रममा फुर्वा तामाङ नाम गरेका एक बौद्ध भिक्षुले पिठ्यूमा छोएको भन्दै अभिनेत्री मिरुना मगरले थप्पड हानेको घटनाले उग्र रुप लिएको छ । फुर्वालाई प्रहरीको जिम्मा लगाएपछि मिरुनाको पक्षभन्दा विरोधमा बढी आवाज सुनिएको छ भने उनीविरुद्ध सडकमै नाराबाजी सुरु भएको छ ।

मंगलवार विहान चुच्चेपाटीको केएल टावर अगाडि बौद्ध भिक्षुहरुले मिरुना मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै ‘कबड्डी ४’को पोस्टरु समेत जलाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिना शर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् । अन्यथा ‘कबड्डी ४’ बहिष्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

मिरुनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फुर्वा तामाङलाई हलमै थप्पड हानेर प्रहरीको जिम्मा लगाएपछि विगत दुई दिनदेखि उनी हिसारतमा छन् । फुर्वाविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । तर, चौतर्फी विरोधपछि उनलाई छाड्ने तयारी गरिएको छ । आफ्नो चौतर्फी विरोद्ध हुन थालेपछि मिरुना पनि फुर्वालाई छुटाउन लचक देखिएको स्रोत बताउँछ । यसै बीच प्रहरी हिरासतमा रहेका लामाबिरुद्ध जाहेरी नपरेपछी प्रहरीले छोडेको छ ।

Share

Related posts