पाटन दरबार क्षेत्रमा आर्यतारा पूजा

ललितपुरको ऐतिहासिक दरबार क्षेत्रमा बिहिबार आर्य तारा पूजा आयोजना गरिएको छ । पूजाको आयोजना काठमाडौँ निवासी सुकुकाजी महर्जन तथा उनका श्रीमती दशमाया महर्जनले गरेका हुन् । पूजामा ७ सय ५० भन्दा बढि सहभागि भएका छन् ।

बौद्ध धर्ममा विशेष महत्व राख्ने आर्य पूजाले भइरहेको स्थान पाटन दरबार परिसरमा भ्रमणम आउनेहरुलाई समेत आकर्षित गरेको छ । पूजा व्यवस्थापन समितिका अध्यक्ष शान्तराज महर्जनका अनुसार विभिन्न १२ पवित्र स्थलमा पूजा सञ्चालन हुँदै आएको छ । सोही क्रममा ११ औँ स्थानको पूजा पाटन दरबार परिसरमा भएको हो । १२ औं तथा अन्तिम पूजा काठमाडौको बसन्तपुरमा गरिने पनि अध्यक्ष महर्जनले बताए ।

सम्पुर्ण नेपाली नागरिकको निरोगीता तथा सबै प्राणीको सुख र कल्याणको कामना सहित आर्यताराको पूजा आयोजना गरिएको पूजाका आयोजक महर्जन दम्पत्तिको भनाई छ । सरकारले नेपाल भ्रमण वर्षको घोषणा गरेको अवस्थामा यस्ता थुप्रै धार्मिक चाडपर्व वा पूजापाठले पनि धार्मिक पर्यटकलाई नेपाल भित्र्याउन सकिने पूजामा सहभागिता जनाएका सर्वसाधारणले बताए ।

Share

Related posts