विश्व शान्तिको कामना गर्दै बिहिबार काठमाडौँको स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु गरेका थाइल्याण्डका ४५ भिक्षुलाई चावहिलस्थित चारुमती विहारमा स्वागत गर्दै यात्राको सफलताको शुभकामना दिइएको छ । लुम्बिनीतर्फ हिडेका थाइल्याण्डका भिक्षुहरुलाई चारुमती बुद्ध विहारका प्रमुख तपस्सी धम्मले स्वागत गर्दै यात्राको सफलताको शुभकामना दिएका थिए ।
भिक्षुहरुको समूहले स्वयम्भूदेखि लुम्बिनीसम्मको ३ सय ३० किलोमीटर दूरी पैदल यात्राबाटै पार गर्नेछन् । भिक्षुहरुले यो दूरी २८ दिनभित्र सकाउने छन् । स्वयम्भूको आनन्दकुटी महाविहारबाट यात्रा सुरु गरेका भिक्षुहरुले प्रत्येक दिन २५ देखि ३५ किलोमीटर पैदल यात्रा गर्ने योजना बनाएका छन् । भिक्षुहरुको पैदल यात्रा फागुन २० गते मंगलवार कनकमुनि बुद्धको जन्मभूमि निग्लिहवा पुगेर समापन हुनेछ ।
Share