बौद्ध धर्मको प्रवद्र्धन तथा विश्व शान्ति एवम् देशमा दिगो शान्तिको कामना गर्दै झापाको काकडभिट्टामा वज्रगुरु जप (सिद्धि दुङ्ड्रुब पूजा) आयोजना भइरहेको छ । हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजद्वारा आयोजना भइरहेको पूजा फागुन १ गतेदेखि सुरु भएको हो ।
परम पुजनीय धर्मगुरु खेन्छेन नम्ड्रोल छिरिङ रिन्पोछे ज्यूको नेत्तृत्वमा भइरहेको वज्रगुरु जप फागुन ६ गते समापन हुने आयोजकले जानकारी दिएको छ ।
तस्विरः हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको फेसबुक पेजबाट
Share