९१ वर्षको उमेरमा बौद्ध ग्रन्ध अनुवाद गर्दै गुह्येश्वरीराज मानन्धर

नेपाल तथागत गौतम बुद्ध जन्मेको देश । उहाँले ४५ वर्षसम्म दिनु भएको उपदेशहरुको संग्रह बौद्ध ग्रन्थ थेरवादमा पालि भाषा र महायानमा संस्कृतमा संग्रहित रहेको छ । नेपालमा पनि दुवै भाषामा बौद्ध ग्रन्थ संग्रहित थियो । बज्रयान र महायान रहेका संस्कृतका ग्रन्थपछि तिब्बतमा भोट भाषामा समेत अनुवाद गरेर सुरक्षित गरेका थियो । अहिले सोही भोट भाषा, नेपाल भाष र अग्रेजीबाट नेपालीमा ९ दशक काटिसकेका एक धर्मोपासक बौद्ध विद्धान दृढ संकल्पका साथ लागि पर्नुभएको छ । महायान र बज्रयान बौद्ध धर्म विश्वमा फैलिएको छ । यस यानमा बौद्ध ग्रन्थहरु प्राचिनकालमा प्रौढ संस्कृत…

Read More

मायादेवी मन्दिर जीर्णोद्वार गर्न ल्हारक्याल लामाको ७ करोड सहयोग

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीमा रहेको मायादेवी मन्दिरको जीर्णोद्धार तथा विस्तारका लागि ७ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नु भएको छ । सरकारबाट हालैमात्र नियुक्त हुनु भएका उपाध्यक्ष लामाले सरकारको आर्थिक सहयोग बिना दाताहरूको सहयोगमा मायादेवी मन्दिरको जीर्णोद्धार तथा मन्दिरमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो । लुम्बिनी विकास कोषको शुक्रबार बसेको बैठकमा उपाध्यक्ष लामाले मन्दिरको जीर्णोद्धारको लागि स्थापना गरिने कोषमा व्यक्तिगत रूपमा ७ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको छ । मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने गरेको छ भने कुनै पनि बेला…

Read More

खेन्पो ल्हारक्यालद्वारा पदभार

नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले विहिबार पदभार ग्रहण गर्नुभएको छ । नवनियुक्त उपाध्यक्ष लामालाइ कोषले बुद्ध जन्मस्थल लुम्बिनीस्थित कार्यालयमा स्वागत गरेको छ । लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा पदभार ग्रहण गर्दै लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन् गर्ने निर्णय सदर गर्नु भएको छ । पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लामाले लुम्बिनी जस्तो पवित्र ठाउँको इज्जत जाने र बदनाम हुने कुनै काम नगर्ने बताउनु भयो । व्यक्तिगत लाभ…

Read More

वर्षाबासमा भिक्षुहरु

बौद्ध धर्मावलम्बीहरूका लागि महत्वपूर्ण रहेको वर्षावास सुरु भएको छ । यस वर्षको वर्षावास बुधवारदेखि सुरु भएको हो । वर्षावास सुरु भएसँगै देशभरका विहारहरुमा भिक्षुहरु वर्षावास बसेका छन् । लुम्बिनी, कपिलवस्तु, रामग्रामका विभिन्न विहारहरुमा २२ विदेशी सहित ३७ भिक्षु तथा श्रामणेर वर्षावासमा छन् । असार पूर्णिमादेखि सुरु हुने वर्षावास यस वर्ष मलमासले एक महिना ढिलो साउन पूर्णिमादेखि सुरु भएको हो । वर्षावास कात्तिक पूर्णिमासम्म तीन महिनासम्म हुनेछ । वर्षाको कारण चारैतिर पानी पर्ने, जमीन भित्रका जीवहरु र किराहरु जमीन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले…

Read More