बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन प्रवद्र्धन गर्नुपर्ने बताउनु भएको छ । आज बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुहुँदै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताउनु भएको हो । साथै प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिनु भएको छ । बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना…

Read More

श्री किर्ती विहारको ४७ औँ वार्षिक उत्सव मनाइयो

कीर्तिपुरमा रहेको नगर मण्डप श्री र्किर्ति विहारको ४७ औं वार्षिक उत्सव मनाइएको छ । वार्षिक उत्सवको अवसरमा बौद्ध पाठसहित बुद्ध वन्दना र पूजा गरिएको थियो । वि.स. २०७२ सालको विनासकारी भूकम्पबाट क्षतिग्रस्त भएको विहारको पुनःनिमार्ण समेत सकिएको छ । कार्यक्रममा किर्तिपुर नगरपालिकाका मेयर रमेश मर्हजनले विहारको चैत्यको सुनको गजुरको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

उपल्लो डोल्पाका गुरु ङिङ्मा सान्ड्रुप गुरुङलाई सम्मान

डोल्पाको विकास, संरक्षण र प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याएका कारण उपल्लो डोल्पाका चर्चित श्रद्धेय गुरु ङिङ्मा सान्ड्रुप गुरु ङलाई बुधवार काठमाडौँमा सम्मान गरिएको छ । उहाँको सम्मानमा उपल्लो डोल्पाका तीनवटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधि, डोल्पाका सांसद स्थानीय सहभागि थिए । सम्मानित हुने गुरु ङिङ्मा सान्ड्रुप गुरु ङ डोल्पो समाजको संस्थापक अध्यक्ष साम्बे छोयलिङ गुम्बाको संस्थापक हुनुहुन्छ । उहाँले डोल्पाको विकासमा उल्लेख्य योगदान पुर्याउनु भएको छ । साथै डोल्पा क्षेत्रमा बौद्ध धर्मको प्रचारप्रसारमा पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ । सम्मान कार्यक्रममा गुरु ङिङ्मा सान्ड्रुपको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै लामाहरुले…

Read More

प्रत्येकयान र प्रत्येक बुद्ध

भगवान बुद्धले तिन यान देखाउनुभयो। श्रावकयान, प्रत्येकयान र बोधिसत्वयान। श्रावकयान र प्रत्येकयान हिनायान भित्र पर्दछ भने बोधिसत्वयान महायान भित्र। हिनायानको मतलब महायानलाई हेर्दा सानो यान भनेको हो तर सानो भने पक्कै होइन। यी तिन यान बुद्धले प्राणीको चित्तको गोत्र, बुझ्ने क्षमता आदिलाई मध्यनजर राखी सुनाउनु भएको हो र हरेक यानको अन्तिम लक्ष्य फरक फरक छन्।श्रावकयान, प्रत्येकयान र बोधिसत्वयानको अन्तिम लक्ष्य- क्रमशः निर्वाण, प्रत्येक बुद्ध र सम्यक्संबुद्ध। अहिलेलाई प्रत्येकयानको धारणा, अभ्यास, वर्तमान समयमा यसको अभ्यास छ या छैन? तिर जाउँ। अभिसमयअलंकारको རང་བྱུང་བདག་ཉིད….. ། श्लोकबाट :- तथागत सक्यामुनिबाट गम्भीर प्रतित्यसमुत्पाद धर्म श्रावण…

Read More

माझखण्ड विहारमा चंक्रमण ध्यान (भिडियो सहित)

ललितपुरको बागमती गाउँपालिकामा रहेको धातु चैत्य विहारमा काठमाडौँ, ललितपुर, बनेपा लगायतका स्थानबाट गएका भिक्षु, अनागरिका, उपासक तथा उपासिकाहरुले विविध धार्मिक भ्रमण गरेका छन् । गएको मंगलवार त्यसतर्फ धार्मिक भ्रमणमा गएका करिब सय जनाले बुद्ध पूजाका साथै चंक्रमण ध्यान गरे । विश्व शान्ति विहारका प्रमुख भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा गएको समूहलाई स्थानीयले हार्दिकताका साथ स्वागत गरेका थिए । करिब ४ घण्टाको यात्रा पश्चात पुगेका समूहले विहारमा पूजाआजा गरेपछि एक घण्टाको चंक्रमण ध्यान गरेका थिए । बौद्ध धर्ममा अत्यन्तै महत्वपूर्ण रहेको चंक्रमण ध्यानले मानिसको शरिर र चित्त स्थिर राख्न मद्दत पु¥याउने भिक्षु…

Read More

बुद्धको दाँत बोक्ने हातीको निधन

श्रीलंकन सरकारले ’राष्ट्रिय निधि’ घोषणा गरेको एउटा चर्चित हात्तीको निधन भएको छ । उक्त हात्ती बुद्धको दाँत भनिएको अस्थिधातु राखिएको एउटा बाकस बोकेर मध्य श्रीलंकामा प्रत्येक वर्ष आयोजना हुने एउटा विशेष धार्मिक समारोहमा सहभागी हुन्थ्यो । क्यान्डी नगरमा अवस्थित एउटा प्रसिद्ध बौद्ध मन्दिरमा आयोजना गरिने समारोहमा प्रयोग गरिने १०० हात्तीमध्ये यो हात्ती प्रमुख थियो । परम्परागत मान्यताअनुसार विशेष गुण भएका र लामा दाह्रा भएका हात्तीलाई मात्र त्यस्तो विशेष धार्मिक भूमिका दिने गरिन्छ । यो हात्तीको जन्म सन् १९५३ मा भारतमा भएको थियो । श्रीलंकाका एक चिकित्सक तथा भिक्षुले उपहारमा उक्त…

Read More

बौद्ध धर्ममा थांकाको महत्व

नेपाली हस्तकलाको विविध विधा मध्ये थान्का (पौभा) चित्र लेखन पनि एक मौलिक कला हो । यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ । सूती कपडालाई काठको फ्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ । सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ । यो क्रम धेरै पटक दोहोर्याए पछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ । थान्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ । यो थान्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशहरूमा रहेको छ । यो एक प्रकारको…

Read More

छोग्याल रिन्पोछेको जन्मदिनमा छात्रवृत्ति र रक्तदान

नेपाल बौद्ध संघका संस्थापक छोग्याल रिन्पोछेको ३७ औँ जन्म दिनको अवसर पारेर संघले शुक्रवार छात्रवृत्ति प्रदान गरेको छ । संघले पाटन संयुक्त क्याम्पस इतिहास तथा बौद्ध शिक्षा अध्ययन विभाग अन्तर्गत स्नातक तहमा बौद्ध शिक्षा लिइ अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । बौद्ध धर्म संस्कृतिको प्रवद्र्धनका लागि स्थापित नेपाल बौद्ध संघले बौद्ध शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति दिन पाउँदा गौरव महशुष भएको कार्यकारी निर्देशक ठाकुरलेबताए । भिक्षु बोधिज्ञान महास्थविरको प्रमुख आतिथ्यमा छात्रवृति प्रदान गरिएको हो ।…

Read More

बौद्धमार्गी हिमाली समुदायले ग्याल्पो ल्होसार मनाउँदै

हिमाली समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् । विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा लगायतका हिमाली लगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । यो पर्वमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ । यसलाई पारिवारिक एवम् सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ । महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९…

Read More

गुल्मीको देउराली डाँडामा बौद्ध स्तुप निर्माण सूरु

पर्यटन प्रवद्र्धन गर्न भार्सेको देउराली डाँडामा बौद्ध स्तुप निर्माण गर्न थालिएको छ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा लुम्बिनी प्रदेशकै दोस्रो ठूलो स्तुप निर्माणकार्य थालिएको हो । समुद्री सतहबाट दुई हजार १८० मिटर उचाइमा पर्ने सो डाडाँमा यही फागुन १३ गतेदेखि निर्माण थालिएको हो । स्तुपको आगामी असार मसान्तसम्म कार्यसम्पन्न हुनेछ । उक्त दिन लुम्बिनीबाट चार र श्रीलङ्काबाट एक बौद्ध धर्मालम्बी आई स्तुपको निर्माण थालेका थिए । असार मसान्तसम्म सक्ने लक्ष्य लिइएको काममा बौद्धस्तुप, भ्यू पोइन्ट, मनोरञ्जनस्थल, पिकनिक स्पोर्ट, फोटा खिच्ने ठाउँलगायतका संरचना निर्माण गरिने निर्माण समितिका अध्यक्ष नरबहादुर…

Read More