हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको आयोजना भइरहेको धर्मदेशना कार्यक्रम आज पनि हुँदैछ । जेठ १२ र १३ गतेका लागि तय भएको कार्यक्रमको पहिलो दिन शुक्रवार छोग्याल रिन्पोचेले दुख चिन्नुको महत्व र दुखरहित अवस्थाको जीवन सम्बन्धि धर्मदेशना दिनुभएको छ । बेलुकी ८ः३० बजेदेखि सुरु हुने आजको कार्यक्रममा पनि छोग्याल रिन्पोचेले दुखलाई चिन्नुको महत्व र दुखरहित अवस्थाको जीवनलाई ब्याख्या सहित प्रवचन दिने हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रका प्रमुख कोशिस लोब्साङ वाइवाले बताउनु भयो । जुममार्फत् हुने अनलाइन कक्षामा सहभागि भई पूण्यलाभ प्राप्त गर्नु पनि वाइवाले आग्रह…
Read Moreमहिना: मे 2023
नेपालकै पहिलो पीएचडी भिक्षुणी अनोजाको अन्तिम बिदाई
गत जेठ ३ गते निधन भएकी नेपालमै पहिलो विद्याविरिध गरेकी भिक्षुणी डा. अनोजा गुरुमाको शुक्रबार अन्तिम बिदाई गरिएको छ । क्यान्सरका रोगबाट पीडित अनोजाको ६९ वर्षको उमेरमा निधन भएको हो । गुरुमाको बौद्धमार्गी जगतमा मात्र नभई शिक्षा, स्वास्थ्य र साहित्यिक क्षेत्रमा पनि अतुलनीय योगदान छ । सुलक्षण किर्ति विहार चोभार, काडमाडौंका संस्थापक अध्यक्ष भिक्षुणी डा. अनोजाको मरणोपरान्त शरिर दान दिएका कारण पार्थिव शरिर धुलिखेल अस्पतालको जिम्मामा लगाइएको छ । गत जेठ ३ गते निधन भएकी अनोजा गुरुमाको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि तीन दिन सुलक्षण किर्ति विहार चोभारमा राखिएको थियो ।…
Read Moreभारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे नेपालमा
भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा आउनु भएको छ । उहाँ तीन दिने नेपाल भ्रमणमा आउनुभएको हो । उहाँ बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुनुहुन्छ । उहाँ नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार नेपाल भ्रमणमा आउनुभएको हो । उहाँ भारतस्थित काँगडाको हिमाञ्चल प्रदेशबाट नेपाल आउनुभएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनु भयो । उहाँका अनुसार रिन्पोछेले वि.सं. २०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः सिनर्माणमा सहयोग गर्नुभएको थियो…
Read Moreलुम्बिनीलाई अन्तराष्ट्रिय बौद्ध राजधानी बनाउन प्रस्ताव
विश्वमा बौद्ध धर्मको प्रभाव व्यापक बन्दै गइरहेका बेला आध्यामिक रुपमा मात्र होइन, धामिर्क पर्यटकहरुको लागि नेपालका बौद्ध सम्पदाहरुको प्रवद्र्धन जरुरी देखिएको छ । एकातिर विश्व शान्तिका लागि प्रयास भइरहँदा बुद्धजन्मस्थल लुम्बिनी र बुद्ध धर्मावलम्बीहरुको प्रख्यात तीर्थ स्वयम्भूलाई अन्तर्राष्ट्रि शान्तिस्थलका रुपमा विकास गर्नुपर्ने आवाज उठ्न थालेको छ । २६६७ वर्ष पहिले तथागत गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो । ३५ वर्षको उमेरमा ज्ञान प्राप्ति सँगै बुद्धले जीवन पर्यन्त चार आर्यसत्य र आर्य अष्टांगिक मार्गको उपदेश विश्वलाई दिनुभएको थियो । बुद्धको महापरिनिवार्णसँगै उहाँको उपदेश, सिद्धान्त र दर्शन बौद्ध धर्मको रुपमा विश्वमा विकसित…
Read Moreबुद्ध जयन्तीमा नेपाल बौद्ध संघको विशेष कार्यक्रम
तश्विर : विजय तुलाधर २५६७ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँको स्वयम्भूमा नेपाल बौद्ध संघले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमा छोग्याल रिन्पोचे, खेन्पो ङवाङ होइसेर, सांगे रिन्छेन, लोपेन नाम्गेल, टीका शेर्पा र पूण्यप्रसाद पराजुली विशेष वक्ताका रुपमा सहभागि थिए । कार्यक्रममा सांगे रिन्छेनले बुद्ध जयन्तीको महत्प, पुण्यप्रसाद पराजुलीले बुद्ध जीवनी, लोपेन नाम्गेलले पञ्चशील, टीका शेर्पाले आर्य अष्टांिगक मार्ग र खेन्पो ङवाङ होइसेरले चार आर्य सत्यको बारेमा प्रवचन दिएका थिए । भगवान बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाणमा केन्द्रीत कार्यक्रममा वक्ताहरुले विभिन्न कोणबाट बुद्ध र बुद्ध पूर्णिमाको महत्वको बारेमा टिप्पणी गरेका…
Read Moreलुम्बिनीमा बुद्ध जयन्ती र लुम्बिनी दिवसको तयारी पुरा
२५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पुरा भएको छ । बैशाख २२ गते अर्थात बुद्ध पूर्णिमाका दिन आयोजना हुने मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको छ । निर्धारित कार्यक्रम अनुसार २१ गते साँझ मायादेबी मन्दिरमा दिपप्रज्वलन सहित महापरित्राण हुनेछ भने बैशाख २२ गते बिहान ६ बजे पूर्णिमा पाठ पुजा, ७ बजे ५ नम्बर गेटबाट अन्तर्राष्ट्रिय सभाहलसम्म शोभायात्रा र सम्मेलन केन्द्रमा मूल समारोह हुने छ । बैशाख २२ गते नै पण्डितपुरबाट रामग्रामसम्म बुद्धको अस्थिधातु यात्रा समेत हुने छ । २१ गतेको दिपप्रज्वलन…
Read Moreबुद्धका सन्देश किन महत्वपूर्ण ?
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्वमा बढ्दै गएको द्वन्द्वका कारण पनि गौतम बुद्धका सन्देशहरू महत्त्वपूर्ण हुँदै गएको बताएका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनलाई सम्मानित गर्ने विशेष कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वमा बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरू शान्ति स्थापनाका लागि अझ बढी सान्दर्भिक र महत्त्वपूर्ण भएको बताए । ‘गौतम बुद्धले देखाउनुभएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढ्दो छन्,’ उनले भने विश्वभर बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक र महत्त्वपूर्ण भएका छन् ।’ नेपाल शान्ति…
Read More