ॐ को महत्व र फाइदा

ॐ अर्थात ओम । यसलाई ओमकार वा प्रणव पनि भनिन्छ । एउटै शब्द जसले सम्पूर्ण ब्रम्हाड समेटेको छ । ॐे बौद्ध, हिन्दु, जैन, सिख लगायतका धर्ममा एक पारम्पारिक प्रतिक र पवित्र ध्वनीको रुपमा प्रकट हुन्छ । ॐ लाई कुनै पनि धर्मको खोज वा निजी होइन । यो सार्वभौमिक छ र यसमा नै पुरा ब्रम्हाण्ड छ । ओमलाई प्रथम ध्वनी मानिन्छ । के भनिन्छ भने ब्रम्हाण्डमा भौतिक निर्माण अस्तित्वमा आउनुअघि जुन प्राकृतिक ध्वनि थियो, त्यो ओमको गुञ्जन थियो । यसैले ओमलाई ब्रम्हाण्डको आवाज पनि भनिन्छ । ॐ उच्चारणका फाइदा थाइराइडको समस्या…

Read More

पूर्वमा बौद्ध धर्मको विकासमा डा. हर्क गुरुङको योगदान

विक्रम पच्युं पाँचथर, रानीटार तमु राज्य के होला ? शोथरको पतन पछि तमुहरु गोर्खाली सेनामा समावेस भएको र नेपाल एकीकरण अभियानमा आ–आफ्नो पुख्र्यौली थालथलो गण्डक छाडी लम्जुङ गोर्खा भन्दा पूर्वतर्पm लागेको र पूर्वको विभिन्न स्थानहरुमा पुगेको अनुमान गर्न सकिन्छ । साथै थातथलो टाढा भएको कारणले हुनसक्छ आफ्नो पैत्रिक धार्मिक संस्कारका धर्म गुरुहरुको अभावका कारण हिन्दु धर्म संस्कारमा तल्लीन हुन पुगेको हो । पूर्वका तमुहरुले हिन्दु धर्म र संस्कार मान्दै आएका थिए । घटना २०४३ साल जेष्ठ ३१ गतेको हो । पाँचथरको रानीटारमा घना बस्तिका माझ श्री भिम बहादुर लामा गुरुङ…

Read More

लक-डाउनमा यसरी वित्दैछ लामा भिक्षुहरुको दैनिकी

कोरोना भाइरसको महामारीको कारण अहिले सम्पुर्ण विश्व नै त्रसित बनेको छ । महामारीको प्रकोप तीव्र गतिमा विश्वभर फैलन थालेपछि नेपाल सरकारले ४ दिन अघि देशैभर लकडाउनको घोषणा गरेको थियो । लकडाउनको घोषण गरेसँगै कोरोना भाइरसको महामारी फैलन नदिन सबै आ्आफ्नै घरमा बसिरहेका छन् । देशका अन्य क्षेत्रजस्तै धार्मिक मठमन्दिर, गुम्बा तथा विहारहरु पनि यतिबेला बन्द गरिएका छन् । गुम्बा, स्तुप तथा विहारहरु बन्द गरिएका कारण लामा तथा भिक्षुहरु पनि आआफ्नै स्थानमा रहेर लकडाउनको पालना गरिरहेका छन् । काठमाडौँको चावहिलस्थित चारुमती स्तुपका प्रमुख तपस्सी धम्मले लकडाउनको समयमा पूस्तकहरु पढेर दिन बिताइरहेको…

Read More

कोरोना कहरः सामूहिक पूजापाठ नगर्न भिक्षु महासंघको अपिल

कोरोना संक्रमणको जोखिमबाट बच्न अखिल नेपाल भिक्षु महासंघले अपिल गरेको छ । कोरोना भाइरस विश्वव्यापी समस्या बनिरहेको भन्दै बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न आग्रह गर्दै भिक्षु महासंघले यस्तो आग्रह गरेको हो । महासंघले सरकारले कोरोना सर्तकताका लागि दिएको निर्देशन पालन गर्न आम बौद्धमार्गीसहित सबै नेपालीलाई आग्रह समेत गरेको छ । ‘सरकारको पूर्वतयारीलाई सबैले साथ समेत महासंघले अपिल गरेको छ । महासंघले प्रतिकुल परिस्थितिमा उच्च सतर्कता आवश्यक रहुन्जेल सम्बद्ध विहार, दैनिक ध्यानसभा, बुद्धपुजा, परित्राणपाठ वा नित्यपूजा बाहेक भीडभाड हुने कुनैपनि पूजा आयोजना नगर्न अपिल गरेको हो ।

Read More

बुद्धजयन्ती तथा तेस्रो बौद्ध सम्मेलन मनाउन विभिन्न समिति

दुई हजार ५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् । लुम्बिनी विकास कोषका कायममुकाम सदस्यसचिव ज्ञानिन राईका अनुसार बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनलाई लक्ष्य गरी २२ उपसमितिका संयोजक चयन गरिएका हुन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा अन्तराष्ट्रिय सम्मेलन व्यवस्थापन उपसमिति गठन गरिएको छ । लुम्बिनी विकास कोषको कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, प्रदेश समन्वय उपसमिति संयोजकमा प्रमुख सचिव, प्रदेश सरकार, प्रदेश नं ५, वृक्षरोपण तथा सरसफाइ उपसमितिका संयोजकमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी चयन भए…

Read More

फर्पिङमा चैत २५ देखि हुने वाङ स्थगित

परमपूज्य श्रद्धेय गुरु रहेछेन राज्ज्याम रिन्पोछेबाट आयोजना हुने कोन्छ्योग निदुई ज्याछोन पोई ङुगको वाङ (अभिषेक) र लुङ (आगम) स्थगित गरिएको छ । पछिल्लो समय देखिएको कोरोना भाइरसको संक्रमणका कारण धेरै मानिसको जमघट हुने किशिमका कार्यक्रम तथा सभाहरु गर्न जोखिम देखिएपछि वाङ स्थगित गरिएको छ ।

Read More

जसले २५ वर्षदेखि बुद्धको मात्रै मूर्ति बनाए

नाम बुद्ध चौधरी, घर लुम्बिनी । उमेर ४० वर्ष, मूर्तिकलामा २५ वर्षदेखिको अनुभव । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा फागुन ५ गतेदेखि जारी मूर्तिकला कार्यशालामा १०५ मूर्तिकारमा छानिएर १० विदेशीसहित १५ नेपालीमध्येका एक मूर्तिकार हुन् बुद्ध चौधरी । बुद्ध चौधरीको नाम र भगवान् गौतमबुद्धको सामिप्य चौधरीको जन्मदेखि नै भयो । लुम्बिनीमा जन्मेका चौधरी सानैदेखि मूर्तिकलामा पोख्त थिए । उनले शुरुदेखि नै गौतम बुद्ध र बुद्धसँग सम्बन्धित अन्य मूर्ति निर्माण गर्दै आएका छन् । उनी जहाँ जान्छन् बुद्धकै मूर्ति कुँद्छन् । तर थोरै फरक शैलीमा केही कलात्मक मिश्रण गरेर ।…

Read More

चैत २५ देखि १५ दिनसम्म फर्पिङमा वाङ (अभिषेक) हुने

परमपूज्य श्रद्धेय गुरु रहेछेन राज्ज्याम रिन्पोछेबाट कोन्छ्योग निदुई ज्याछोन पोई ङुगको वाङ (अभिषेक) र लुङ (आगम) आयोजना हुने भएको छ । आगामी चैत २५ देखि वैशान ९ गतेसम्म फर्पिङस्थित वायुल याङ्लेस्योय वाल स्हावसाङ मिग्यूर देछेनलिङमा उक्त वाङ हुन लागेको हो । वाङमा भाग लिन चाहने लामा, टुल्कु, खेन्पो, लोपोन र भक्तजनले फागुन २१ भित्र आफ्नो नाम र ठेगाना सहित सम्पर्क गर्न अनुरोध गरिएको छ । वाङमा भाग लिन चाहनेले यसमा सम्पर्क गर्न सकिने छ । रिग्जिन कोदाङ गुम्बा फर्पिङ, काठमाडौँ सम्पर्क नंः ९८८५११८०८७ ९८८०८७८२७७

Read More