छोकी ङिमा रिन्पोछे र टुल्कु उर्गेन याङ्सी रिन्पोछेले हिमालय संघ सहित करिब २ हजार भिक्षु, भिक्षुणी तथा उपासकहरुलाई शुक्रवार गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नु स्थान बोधगयामा महाबोधि वृक्ष सामु प्राथना गराउनु भएको छ । रिम्पोचेद्वयको प्रार्थना कार्यक्रममा सहभागि हुन पाउँदा सहभागिहरु निकै हर्षित बनेका छन् । प्रार्थनामा सहभागि भएकाहरुले विश्व शान्ति र सत्व ज्ञान प्राप्तिको कामना गरेका छन् । त्यस्तै विहिवारको कार्यक्रममा छोकी ङिमा रिन्पोचे र त्सोङी रिन्पोछेले बुद्ध साधना र हृदय सुत्रको पाठ गराउनु भएको थियो ।
Read Moreमहिना: डिसेम्बर 2022
तमु ल्होसार मनाइदैं
आज पुस १५, गुरुङ समुदायले शुक्रबार हर्षोल्लासको साथ तमु ल्होसार पर्व मनाउँदैछन् । गुरुङ समुदायको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ । यसैगरी, राजधानी तथा देशका अन्य स्थानमा बस्ने गुरुङ समुदायले पनि तमु ल्होसार पर्व मनाउदैछन् । यस्तै, तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशमा छरिएर रहेका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन् । चिनियाँ पात्रो अनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छ । यस पटक ‘तो ल्हो’ अर्थात बाघ वर्गको बिदाई गरी ‘हि…
Read Moreझापामा एक महिने पुर्वागत (ङोन्डो) अभ्यास सम्पन्न
झापा जिल्ला बुद्ध शान्ति नगर गाँउपालिका टिमाईस्थित पल्युल देक्षेन छ्योलिङ गुम्बामा पेनोर रिन्पोछे बौद्ध धर्मालम्बी समाज नेपालको आयोजनमा बिश्व प्रशिद्ध परम पुज्यनिय गुरुवर महामहोपाध्यय खेनक्षेन नम्डोल छिरिङ रिन्पोछे ज्युको मुखारबिन्दुबाट बरिष्ठ गुरुहरु भिक्षु ,भिक्षुणी, उपासक तथा उपासिका गरि ३०० जनाले मंसिर १४ गतेदेखि पौष १४ गते अबिछिन्न रुपमा प्रत्येक दिन बिहान ठिक ७ः०० बजे देखि बेलूकी ६ः०० बजेसम्म अटुट एक महिने महासन्धि गगन धर्म पुर्वागत (ङोन्डो) अभ्यास अत्यन्तै सफलतका साथ सम्पन्न भएको छ । परम पुज्य गुरुवर खेनक्षेन रिन्पोछे ज्युको सामिप्यमा एक महिनासम्म अटुट रुपमा परम पुज्यनीय खेन्क्षेन रिन्पोछेको धाराप्रवाह…
Read Moreहेर्न जाने होइन बुद्ध दर्शनमा आधारित नाटक गच्छामि ?
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा निर्माणमा नाटक ‘गच्छामि’ को मञ्चन भइरहेको छ । प्राज्ञ तथा नाटक विभाग प्रमुख निशा शर्माको संयोजन, वरिष्ठ नाटक निर्देशक पोखरेलको परिकल्पना तथा निर्देशन तथा वरिष्ठ रङ्गकर्मी बिरेन्द्र हमालको सहनिर्देशनमा नाटक तयार भएको नाटक काठमाडौँको थापागाउँस्थित कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको हो । बुद्धको जीवनी र दर्शनलाई आधारित रहेर नाटक तयार पारिएको हो । पुस १२ गतेदेखि सुरु भएको नाटक पुस २३ गतेसम्म जारी रहनेछ । नाटकमार्फत बुद्ध जीवनी र दर्शन दर्शकमाझ ल्याउन नाटकको रुपमा मञ्चन गरिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
Read Moreबुद्धभूमि लुम्बिनी भारतीय पर्यटकले भरिभराउ
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो समय केही चहलपहल देखिन थालेको छ । विशेष गरी भारतीय पर्यटकहरुको आगमनले लुम्बिनी भरिभराउ बनेको छ । लुम्बिनी विकास कोषका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि लुम्बिनीको भारतीय पर्यटक आगमनमा वृद्धि भएको हो । सन् २०२१ मा लुम्बिनीमा ७३ हजार ७ सय ३२ जना भारतीयले भ्रमण गरेका थिए । चालु अंग्रेजी बर्षको नोभेम्बर महिनासम्ममा १ लाख ८८ हजार २ सय ९८ जना भारतीयले लुम्बिनी दर्शन गरेको लुम्बिनी विकास कोषले जनाएको छ । सन् २०१९ मा २ लाख ६ हजार १ सय ७१ जना भारतीय पर्यटकले…
Read Moreधुम्रपानका असर बुझाउने लामा जोपा रिन्पोछेको पूस्तक
बुद्ध धर्मका नीति, दर्शन र ज्ञानको प्रवद्र्धन गर्दै आएका लामा जोपा रिन्पोछे लेखकका रुपमा समेत परिचित छन् । उनै लामा जोपा रिन्पोछले लेख्नु भएको पुस्तक धुम्रपानका असरहरु तथा सुखी र स्वस्थ जीवन जिउने उपाय सार्वजनिक भएको छ । काठमाडौँको कपनस्थित आनी गुम्बामा पुस्तकको विमोचन गरिएको हो । पूस्तकमा बौद्ध धर्मले धुम्रपानलाई कसरी ब्याख्या गरेको छ भन्ने उल्लेख गरिएको छ । विमोचन कार्यक्रममा बोल्दै जोपा रिन्पोछेले पुस्तक अध्ययन पश्चात स्वस्थकर जीवनका लागि धुम्रपान त्याग्नु किन महत्वपूर्ण छ भन्ने थाहा पाउने बताए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री…
Read Moreबुद्धले राजा प्रसेनजीतलाई कसरी पशु बलि बिरोधी बनाए ?
बुद्ध कालिन समयको कुरा हो, त्यस समयमा कौशल देशमा प्रसेनजीत नाम गरेको एकजना राजा थिए । एक समय जब प्रसेनजीत समस्या नै समस्यामा परे, राजा समस्याहरुबाट छुटकारा पाउने बाटो भेट्टाउन सकिरहेको थिएनन् । यश समस्याको कारण अजातसत्रुको चिन्ता धेरै बढेको थियो । त्यसै समयमा उसको भेट एक तान्त्रिकसगं भयो । राजाले तान्त्रिकसगं चिन्ताको कारण बताए । तान्त्रिकले राजालाई समस्याबाट छुटकारा पाउनको लागि पसु बलिदिने उपाय बताए । राजाले तान्त्रिकको कुरामा बिश्वास गरेर पशुहरुको बलि दिने निर्णय गरे । यशको लागि एक ठुलो अनुस्ठानको तयारी गरियो र बलिको लागि भैंसीलाई बाधेर…
Read Moreबौद्ध भिक्षुले पाउने निःशुल्क भिसा किन रोकियो ?
लुम्बिनीका गुम्बामा बस्न आउने बौद्ध भिक्षुहरूले पाउँदै आएको निःशुल्क भिसा सुविधा रोकिएको छ । लुम्बिनी विकास कोषको सिफारिसमा गुम्बाभित्र बस्न आउने भिक्षुले एक वर्षको लागि निःशुल्क भिसा पाउँदै आएका थिए । यस्तो भिसा दुई सातादेखि रोकिएको भन्दै भिक्षुहरूले गुनासो गरेका कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । शाक्यका अनुसार लुम्बिनीभित्र विभिन्न देशले बनाएका गुम्बामा बस्न आउने भिक्षुहरू १० जनासम्मले निःशुल्क भिसा पाउँदै आएका थिए । यस्तो भिसा पछिल्लो दुई सातादेखि रोकिएको र नयाँ नवीकरणसमेत भएको नभएको शाक्यले बताए । भिसा रोकिएको विषयमा तालुक निकाय हुँदै परराष्ट्र मन्त्रालयसम्मलाई जानकारी गराएको कोषले जनाएको…
Read More‘ॐ मणि पेमे हुङ’ को अर्थ र जप गर्दा हुने लाभहरु
शक्ति र शान्तिको मन्त्र “ॐ मणि पेमे हुङ”को अर्थ ॐ : ॐ ले शिर अर्थात् मन्त्रको शिर जनाउछ तसर्थ ॐ भनेको मन्त्रको शिर वा टाउको हो भनेर बुझ्नुपर्दछ । मणि : मणिले बहुमुल्य अर्थात् बहुमुल्य रत्न जनाउछ |तसर्थ मणि भनेको बहुमुल्य रत्न हो भनेर बुझ्नुपर्दछ । जुन आर्य आवलोकेश्वरको हातमा प्रत्यक्ष देख्न सकिन्छ। पेमे : पेमे ले जगतमा सबै भन्दा राम्रो फुल अर्थात कमलको फुल जनाउछ तसर्थ पेमे भनेको कमलको फुल हो भनेर बुझ्नुपर्दछ। जुन फुल पनि आर्य आवलोकेश्वरको हातमा देख्न सकिन्छ । हुङ : हुङले चित्त बज्र अर्थात आत्मा…
Read Moreचीनमा भेटिए यति पुराना बुद्ध मूर्ति
चीनको पुरानो बजारको भग्नावशेषमा सहस्राब्दी पुराना बुद्ध मूर्तिको अंश फेला परेको छ । सान्सी प्रान्तको सिआन सहरको भग्नावशेषमा ६८० भन्दाबढी मूर्ति र प्यागोडाका मूर्तिकला भेटिएका हु्न् । यी मूर्ति थाङ वंश (६१८–९०७) मा बनाइएका मूर्तिको अवशेष हु्नसक्ने बताइएको छ । मूर्तिहरू माटो र ढुंगाबाट बनेका र धेरैजसो क्षतिग्रस्त रहेका चाइनिज एकेडेमी अफ सोसियल साइन्सअन्तर्गत रहेको पुरातत्व संस्थानका हान जिएनख्वाले जानकारी दिए । धेरै बुद्ध मूर्तिहरू रंगीन रेखाचित्र र सुनले सजिएका छन्।
Read More