बज्रयान बौद्ध धर्मको केन्द्र नेपाल मण्डल । तर बज्रयान बौद्ध धर्मसँग सम्बन्धित थुप्रै महत्वपूर्ण ग्रन्थ राणाकालमा नष्ट गरिए । यस्तै, कयौं ग्रन्थ विदेशिए । यहाँसम्म कि दैनिक अभ्यासमा समेत बाधा पुग्यो । तर अहिले अमेरिकामा बज्रयान महाविहारको स्थापना गरेर बज्रयान दर्शन, कला संस्कृति र अभ्यासको प्रवद्र्धन भईरहेको देख्दा कम्ता रोचक लाग्दैन । विगतमा सिद्ध महापुरुष र गुरुहरु यहाँ धर्मको अभ्यास गरेको इतिहास छ । जसका कारण यहाँ थुप्रै विहार र महाविहारहरु निमार्णका साथै धेरै मौलिक बौद्ध ग्रन्थ सृजना भए । तर, समयकालसँगै यस्ता महत्वपूर्ण ग्रन्थ नष्ट गरिए भने कयौं विदेशिए…
Read Moreमहिना: नोभेम्बर 2022
बुद्ध जन्मस्थलको संरक्षणमा चासो
लुम्बिनीभित्र रहेका बुद्ध जन्मस्थलका पुरातात्त्विक अवशेषहरूको संरक्षणका लागि विज्ञहरुबीच अन्तर्राष्ट्रिय गोष्ठी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र युनेस्कोको आयोजनामा पुरातत्त्व विज्ञहरूसँग छलफल गरिएको हो । मायादेवी मन्दिर, बुद्ध जन्मस्थल क्षेत्रमा रहेका मार्कर स्टोन, अशोक स्तम्भ, बुद्ध जन्मेको स्थलका पुरातात्त्विक अवशेषहरूको अवस्था र दिगो संरक्षणको योजनाका बारेमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिनुभयो । उहाँका अनुसार मायादेवी मन्दिर र बुद्ध जन्मस्थलको संरक्षणबारे विज्ञहरूले महत्त्वपूर्ण सुझावसहितको प्रस्तुति राखेका छन् । त्यस अवसरमा जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर नमन…
Read Moreआज ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण दिवस, यस्तो छ महत्व
आचार्य सार्की शेर्पा शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नुभए तापनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट पात्रो अनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण २०७९ कात्तिक २९ गते मंगलवार परेको छ । नेपालको तराई भेग भारत र नेपालको सिमाना सुनैलीबाट करिब २५ किलोमिटरको दूरी रहेको लुम्बिनीमा तत्कालीन…
Read Moreचीनमा श्वेत चैत्य निर्माण भएको ७ सय ५० वर्ष पुरा
नेपालका राष्ट्रिय विभूति अरनिकोबाट निर्माण भएको चीनको बेइजिङ्गमा रहेको श्वेत चैत्य स्थापनाको ७ सय ५० औं वार्षिकोत्सव मनाइएको छ । श्वेत चैत्य १३ औं शताव्दीमा युआन राजवंशकालमा अरनिकोले बनाएका थिए । यसैका कारण चीनमा नेपालको मौलिक कला संस्कृति र बुद्ध धर्म फैलिएको थियो । चीन सरकार, चिनिया कम्युनिष्ट पार्टी, नेपाली दुतावास लगायतका प्रतिनिधिको उपस्थितिमा बेजिगंममा वार्षिकोत्सव कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको थियो । बार्षिकोत्सव कार्यक्रम सप्ताहव्यापी रुपमा मनाइँदैछ । चीन र नेपालको सांस्कृतिक सम्पदालाई एक साथ अगाडि बढाऔं भन्ने नारा सहित महोत्सव भएको हो । महोत्वसवमा श्वेत चैत्य परिसरमा दुई…
Read Moreएक हजारलाई बौद्ध दिक्षा
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु बोधिसेन महास्थवीरबाट आनन्दकुटी विहारका करिब एक हजार बौद्ध धर्मावलम्बीलाई गएको शनिवार दिक्षा प्रदान गरिएको छ । महासंघका अध्यक्ष तथा धर्मगुरु बोधिसेनले विधि विधानपूर्वक विशेष पूजा गर्दै बौद्ध शिक्षामा सत्कर्म गरी विश्व शान्तिका साथै मानव कल्याणमा क्रियाशील हुन सहभागीलाई आग्रह गर्नु भयो । बौद्ध साहित्यमा आधारित नैतिक ज्ञान तथा अहिंसासम्बन्धी शिक्षा प्रदान गरिएको उक्त कार्यक्रममा उहाँले मानिसले लोभ, मोहको अन्त्य गर्न सकेमा शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने बताउँदै त्यसतर्फ अग्रसर हुन सर्वसाधरणलाई प्रेरित गर्नु भयो । गत असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म उक्त विहारमा ‘वर्षावास’…
Read More