स्वयम्भूमा एक महिने बुद्ध मूर्ति निर्माण तालिम सुरु

संस्कृति पर्यटन तथा नागरिक ऊड्ड्ययन मन्त्रालय, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा बिकास समितिद्दारा आयोजित एक महिने “मुर्ति निर्माण तालिम“ कार्यक्रम फाल्गुन १० गतेबाट राजधानीको स्वयम्भुमा शुरु भएको छ । उक्त तालिमको उद्घाटन गर्दै समिति का अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेसे थुप्तेन जिग्ड्रोल)ले मुर्ति निर्माण तालिमले बौद्ध दर्शन र कलाको संरक्षणमा महत्वपुर्ण भूमिका गर्ने बताउनु भयो । कुनै पनि मुर्तिका बारेमा पूर्ण अध्ययन अनुशन्धान नगरी मुर्ति बनाउँदा त्यसले भविष्यमा धार्मिक तथा सांस्कृतिक बिचलन ल्याउन सक्ने तर्फ सचेत हुन समितिका अध्यक्षले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै समितिका कार्यकारी निर्देशक होम बहादुर…

Read More

एकदिने ध्यान शिविर सम्पन्न

आचार्य लामा कर्मा साङ्बोले प्रत्येक महिना गर्दै आउनु भएको एक दिने समथ एवम् विपश्यना ध्यानको पछिल्लो श्रृंखला फागुन ७ गते शनिवार सम्पन्न भएको छ । ध्यान शिविर काठमाडौँको स्वयम्भू, हल्चोकस्थित ब्राका समाजसेवा समिति गुम्बामा आयोजना भएको थियो । ध्यान शिविरमा करिब ९० जना सहभागि भएको आचार्य लामा कर्मा साङ्बोले जानकारी दिनुभयो । ध्यान शिविरमा समथ र विपश्यना ध्यानको अभ्यास र यसको महत्वको बारेमा जानकारी दिइएको थियो । विहान ८ बजेदेखि ४ बजेसम्म भएको ध्यान साधनामा विभिन्न पाठहरु समेत गरिएको आचार्य लामा कर्मा साङ्बोले बताउनु भयो । कोरोना महामारीको तेस्रो लहरका…

Read More

विश्वविख्यात रिन्पोछे क्याब्जे दुज्योम याङ्सीको परिनिर्वाण

विश्वप्रशिद्ध परम पुज्यनिय गुरुबर क्याब्जे दुज्योम याङ्सी रिन्पोछे ज्युको परिनिर्वाण भएको छ । उहाँको फेब्रुअरी १५ मा परिनिर्वाण भएको दुज्योम इन्टरनेशनल फाउण्डेसन र दुज्योम लाब्राङले जनाएको छ । फाउण्डेसनले भनेको छ ‘अत्यन्तै दुःखको साथ, हामी परम पावन दुड्जोम रिन्पोछे साङ्गे पेमा शेपाको परिनिर्वाणको खबर सार्वजनिक गर्दैछौँ ।’ दुज्योम रिन्पोछे दुज्योम तेर्सारको प्रमुख हुनुहुन्थ्यो । परिनिर्वाणको अघिल्लो दिन १४ फेब्रुअरीमा रिन्पोछेले आफु आराम चाहने र अनुयायीलाई शान्त र सचेत रुपमा रहन आग्रह गर्नु भएको थियो । उहाँले त्यसो भन्दै बेडरुममा भोलीपल्ट हेर्दाँ उहाँ परिनिर्वाणको अवस्थामा फेला पर्नु भएको थियो । दुड्जोम…

Read More

निन्छुङ दुङ्से रिन्पोछेद्वारा तीन दिने बौद्ध धर्म प्रवचन

निन्छुङ दुङ्से रिन्पोछेद्वारा आयोजित तीन दिने बौद्ध प्रवर्चन तथा पूजा आज शुक्रवार सकिदैछ । बुधवारदेखि सुरु भएको प्रवचनमा डोल्पाका स्थानीय सहभागि छन् । काठमाडौंको आरुवारी, गोकर्णेश्वरस्थित डोल्पा समाजको भवनमा प्रवचन कार्यक्रम आयोजना गरिएको हो । प्रवचनसँगै निन्छुङ दुङ्से रिन्पोछेले बौद्ध धर्मको महत्व र बुद्धले दिनु भएको योगदानको समेत चर्चा गर्नु भएको छ । प्रचवनको पहिलो दिनको स्पोन्सर टुल्कु दावा रिन्पोछे र दोस्रो दिनको स्पोन्सर लामा दोर्जे रहनु भएको छ । प्रवचनको आयोजना ङिमा रिम्पोछेको अनुरोधमा गरिएको हो । यस्तै किशिमको पूजा फेरि चाँडै गरिने निन्छुङ दुङ्से रिन्पोछेले बताउनु भयो ।

Read More

आचार्य कर्मा साङ्बोले फागुन ७ मा भौतिकरुपमै ध्यान शिविर गर्ने

कोरोना संक्रमणका कारण केही समय भौतिकरुपमा रोकिएको एकदिने ध्यान शिविर पुनः सुरु हुने भएको छ । प्रत्येक महिना नियमितरुपमा हुँदै आएको ध्यान शिविरलाई कोरोना संक्रमणको तेस्रो लहर आएपछि आचार्य लामा कर्मा साङ्बोले जुममार्फत भर्चुअल रुपमा सुचारु राख्नु भएको थियो । तर अहिले कोरोना संक्रमण कम भएपछि र जोखिम घट्दै गएपछि फेरि ध्यान शिविर भौतिक उपस्थितिमै गरिन लागिएको हो । ध्यान शिविरको आगामी श्रृंखला यही फागुन ७ गते हुँदैछ । हलचोक स्वयम्भूस्थित ब्राका समाज सेवा समिति गुम्बामा हुने ध्यान शिविर विहान ८ देखि साँझ ४ बजेसम्म जारी रहनेछ । धर्मगुरु आचार्य…

Read More

१ करोड रुपैयाँमा पर्वतमा विहार बन्दै

File Photo

पर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण सुरु भएको छ । सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब एक करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहीबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलान्यास गरे । उक्त बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट पाँच लाख, कोरिया समूहबाट ५७ हजार, डबबहादुर गर्बुजाबाट ५० हजार, स्थानीय पूर्णबहादुर पाइजाबाट ३५ हजार, प्रेमबहादुर पुर्जाबाट ३० हजार, भुवनसिंह पुनबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । विहार आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ । मगर बस्ती भएको उक्त क्षेत्रमा उत्पादनसहित पर्यटन प्रवद्र्धन…

Read More

छोग्याल रिन्पोछेको सय दिनको करुणा चुनौति सुरु

धर्मगुरु छोग्याल रिन्पोछेद्वारा प्रदान हुने १०० दिनको करुणा चुनौति आइतवारदेखि सुरु भएको छ । नेपाली, अंग्रेजी, रसियन लगायतका भाषामा समेत अनुवाद हुने यो कार्यक्रम हरेक हप्ता एकदिन हुनेछ । विश्वभरबाट सहभागि हुने भएकाले सबैको उपयुक्त हुने गरि नेपाली समय अनुसार दिउँसो १२ः४५ मा यो कार्यक्रम गरिदैछ । हरेक हप्ता प्राप्त निर्देशन अनुसार सहभागिले हप्ताभरि करुणाको अभ्यास गर्नु पर्छ । हरेक आइतवार हुने यो कार्यक्रम १५ हप्तासम्म जारी रहनेछ । निःशुल्करुपमा सञ्चालन गरिएको करुणा चुनौतिमा जुमबाट सहभागि भई अभ्यास गर्ने व्यवस्था मिलाइएको छ ।

Read More

परिचय नखुलाई पाँचमाने स्तुपको जिर्णोद्वारमा रिन्पोछेको साढे दुई करोड दान

झण्डै एक हजार वर्षअघि काठमाडौंबाट पश्चिम नेपालतिर जान जितपुरफेदी (अहिलेको तारकेश्वर नगरपालिका–३) एक मात्रै मूल बाटो थियो। त्यहाँबाट नुवाकोट, त्रिशूली, गोरखा, पोखरा, धादिङ लगायत स्थानतिर पैदल नै जानुपर्थ्यो । यही बाटो स्वदेशी तथा विदेशी व्यापारी र पर्यटकको लावालस्कर लाग्थ्यो, रसुवाको केरुङ हुँदै तिब्बतसम्म पुग्न। जितपुरफेदीको नामले चिनिने यो गाउँको उत्तरतिर अग्लो पहाडमा छ, तारकेश्वर महादेवस्थान। जहाँ जनैपूर्णिमा र श्रीपञ्चमीका दिन पूजापाठ हुन्छ, भक्तजनको घुइँचो नै लाग्छ। यही पहाडको फेदीमा बौद्ध धर्मावलम्बीको अर्को पवित्रस्थल पनि छ, पाँचमाने। यो भने झण्डै एक हजार वर्षअघि निर्माण गरिएको हो। बुद्धको उपमा पाएका अतिश दीपङ्कर…

Read More

सोनाम ल्होसारमा कटारीमा बुद्धपार्क उद्घाटन

उदयपुरको कटारी नगरपालिका–५ स्थित भोलेमा बुद्ध पार्कको उद्घाटन गरिएको छ । तामाङ समुदायले मनाउने महान् चाड २८५८ औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसर पारेर पार्क उद्घाटन गरिएको हो । पार्कमा कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्ति राखिएको छ । कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताए । मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्यसमेत बढाएको स्थानीयले बताए । नेपाल तामाङ घेदुङ्ग संघ कटारीले तामाङ समुदायको धार्मिक एवं सांस्कृतिकरुपले महत्वपूर्ण पर्व ल्होछारको शुभकामना आदान प्रदान गर्दै मनाएको छ । कटारी नगरपालिका ३…

Read More

नयाँ वर्षको स्वागतमा सोनाम ल्होसार मनाउँदै बौद्धमार्गी

तामाङ लगायतका विभिन्न बौद्धमार्गी समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व मनाउँदैछन् । ल्होसार मनाउने क्रममा आज विविध कार्यक्रम आयोजना गरिएको छ । देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । सोनाम ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८ सय ५८ औं वर्ष सुरु हुन्छ । आजदेखि गाई…

Read More