स्वयम्भूमा एक महिने बुद्ध मूर्ति निर्माण तालिम सुरु

संस्कृति पर्यटन तथा नागरिक ऊड्ड्ययन मन्त्रालय, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा बिकास समितिद्दारा आयोजित एक महिने “मुर्ति निर्माण तालिम“ कार्यक्रम फाल्गुन १० गतेबाट राजधानीको स्वयम्भुमा शुरु भएको छ । उक्त तालिमको उद्घाटन गर्दै समिति का अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेसे थुप्तेन जिग्ड्रोल)ले मुर्ति निर्माण तालिमले बौद्ध दर्शन र कलाको संरक्षणमा महत्वपुर्ण भूमिका गर्ने बताउनु भयो । कुनै पनि मुर्तिका बारेमा पूर्ण अध्ययन अनुशन्धान नगरी मुर्ति बनाउँदा त्यसले भविष्यमा धार्मिक तथा सांस्कृतिक बिचलन ल्याउन सक्ने तर्फ सचेत हुन समितिका अध्यक्षले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै समितिका कार्यकारी निर्देशक होम बहादुर दोङ्गले प्राचिन कालदेखि नेपाल मूर्तिकला को लागि प्रख्यात ठाउँ रहेको र यो मुर्ति निर्माण तालिमले आगामी दिनमा नेपालको मूर्तिकला सम्बन्धि इतिहासलाइै जीवित राख्नमा टेवा पुग्ने बताउनु भयो । तालिममा देश भरका गुम्बाहरु बाट प्रतिनिधिमुलक सहभागिता रहेको छ ।

Share

Related posts