अवलोकेश्वरको यी चार हातको अर्थ यस्तो छ

लामा सांगे लेग्देन भूपेन हिमाली तथा पहाडी क्षेत्रको प्रत्येक बौद्ध गुम्बामा बुद्ध भगवानको दायाँतिर चार हात भएको आर्य अवलोकेश्वरको प्रतिमा हुन्छ । जसको अर्थ कुनै चमत्कार अथवा भनौ अलौकिक शक्ति प्रदर्शन गरेर भएको हैन । यो एउटा प्रतीक हो । यी चार हात་ ཚད་མེད་བཞི། अर्थात, चार चतुब्रह्म विहारको प्रतीक हो । चार चतुब्रह्म भन्नाले १) मैत्री २) करुणा ३)मुदिता ४) उपेक्षा यी चार बौद्धहरुको आभुषण पनि हो । यो चार सत्वगुणहरु तपाईं हामी सबैमा हुन्छ तर निद्र अवस्थामा । यसको विपरीत राग द्वेष मोह ईर्श्याले हामी साधारण व्यक्तिलाई चाहिँ बाँधेको…

Read More

बौद्ध धर्मको महत्वपूर्ण ग्रन्थ अष्टसाहश्रिका प्रज्ञा पारमिता सार्वजनिक

बौद्ध धर्मको महत्वपूर्ण धार्मिक दस्तावेजका रुपमा मानिएको भोट र संस्कृत भाषामा रहेको अष्टसाहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा अनुवाद सम्पन्न भएको छ । करिब ३ वर्षदेखि सबै प्रकारका प्रज्ञा पारमितालाई नेपालीमा अनुवाद गरिरहेको बुचवचन अनुवाद समितिले ८ हजार श्लोकको अष्टसाहश्रिका शनिवार काठमाडौँको बौद्धमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरेको हो । भोट भाषामा ग्येतोङ्पा भनिने अष्टसाहश्रिका पारमिता श्रद्धेय अवतारी लोसाङ नाम्ग्याल रिन्पोछेले सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा पूर्वमन्त्री कृपासुर शेर्पा लगायतका व्यक्तित्वहरु अतिथिका रुपमा सहभागि हुनुहुन्थ्यो । प्रज्ञा पारमितामा वैदिक दर्शन र बौद्ध दर्शनबीचको निकट सम्बन्धलाई देखाइएको छ । ग्रन्थमा आत्मा,…

Read More

बौद्ध धर्मको विस्तार चीन, कोरिया र जापानमा

इस्वी संवतको शुरुवातमै बौद्ध धर्म चीन पुगेको थियो । चीनबाट कोरिया पुग्दा चाँही बौद्ध धर्मले विरोधको सामना गर्नु परेको थियो । यद्यपी इ.सं. ५२८ सम्ममा बौद्ध धर्म कोरियाली भूमिमा सर्वस्वीकार्य भइसकेको थियो । यसरी नै बौद्ध धर्म कोरियाबाट जापानमा इस्वीको छैटौं शताब्दीको मध्यतिर मात्रै पुग्यो । यात्राको क्रममा बौद्ध धर्मले स्थानीय विरोध र थुप्रै अवरोध सामना गर्नु परेको थियो । तर ती ठाउँहरूमा बौद्ध धर्मले सर्वस्वीकार्य हुन लामो समय कुर्नुपरेको चाहिँ देखिंदैन । यसो हुनाको खास कारण स्थानीय सांस्कृतिक परिवेशमा घुलमिल हुन सक्ने यो धर्मदर्शनको लचिलोपन वा उदारता नै हो…

Read More

बुद्ध थिएटर फेस्टिभल जारी, शनिवारसम्म बुद्ध दर्शन र बोधिसत्व विशेष नाटक मञ्चन हुने

भगवान् गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा सुरु भएको बुद्ध थिएटर फेस्टिभलमा दर्शकको उल्लेख्य सहभागिता भइरहेको छ । आइतबारदेखि सुरु भएको फेस्टिभलको संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी र रंगकर्मी मदनदास श्रेष्ठले औपचारिक शुभारम्भ गरेका थिए । फेस्टिभलका निर्देशक पुस्कर गुरुङका अनुसार गत वर्ष नै फेस्टिभल आयोजना गर्ने तयारी थालिए पनि कोभिड–१९ को महामारी फैलिएपछि फेस्टिभल रोकिएको थियो । फेस्टिभलमा पाँच नेपाली र दुई विदेशी नाटक रहेका छन् । शुभारम्भसँगै कार्यक्रममा लामामन्त्र र चर्या नृत्य प्रस्तुत गरिएको थियो। डबली थिएटरले बागमती प्रदेश…

Read More

सेचेन गुम्बामा लामा नृत्य

हरेक महिनाका दशमी तिथीमा गुरु रिन्पोछेका विशेष लिला रहेका छन् । त्यसैले हिमाली बौद्धमार्गीका लागी हरेक महिनाको दशमी तिथी विशेष रहेको छ । मंगलबार दशमी तिथीकै अवसर पारेर काठमाडौँको सेचेन गुम्बामा विशेष लामा नृत्य प्रस्तुत गरियो । नृत्यमा लामाहरुले बुद्ध र गुरु रिन्पोछेसँग सम्बन्धित विभिन्न भावका प्रस्तुतिहरु दिए । हरेक महिनाको दशमी तिथी विशेष रहेको उल्लेख गर्दै चैत महिनाको दशमी तिथीलाई सेचेन गुम्बामा रिन्पोछेको जन्मदिनको रुपमा मनाइएको गुम्बाका खेन्पो सेलनांग मुगुमले जानकारी दिए । सेचेनमा वर्षेनी आयोजना हुँदै आएको लामा नृत्यमा उल्लेख्य धर्मावलम्वी सहभागि हुने गरेका थिए । तर कोरोना…

Read More

पाकिस्तानमा रहेको यो बौद्ध स्तुप किन विशेष मानिन्छ ?

बौद्ध धर्म विश्वका प्रमुख धर्ममध्ये एक हो, तर पाकिस्तानमा यसका अनुयायी निकै कम छन्। बौद्ध धर्मावलम्वीको संख्या कम भएपनि पाकिस्तानमा बौद्ध धर्मका कैयौँ प्राचीन स्थान र बहुमूल्य कलाकृति छन् । विगत केही वर्षदेखि धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ त्यहाँ कतरापुर करिडोरसहित विभिन्न परियोजनामा काम भइरहेको छ। साथै गन्धारा सभ्यताप्रति विदेशी पर्यटकहरूको रुचिलाई मध्यनजर गर्दै बौद्ध धर्मसम्बन्धी कार्यक्रम पनि गर्न थालिएको छ। पाँचौँ शताब्दी ईसापूर्वदेखि दोस्रो शताब्दी ईसापूर्वसम्म तक्षशिला बौद्ध शिक्षाको एउटा महत्त्वपूर्ण केन्द्र मानिन्थ्यो। यहाँ विभिन्न स्तूप, पूजा स्थल तथा पुरातात्त्विक अवशेष छन् जसले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न सक्छन्।…

Read More

एक बौद्ध भिक्षु यसरी फिल्म निर्देशनमा होमिए (भिडियो अन्तरवार्ता सहित)

काठमाडौंमा हुने अधिकांस फिल्म प्रिमियर वा फेस्टिभलहरुमा यी लामा प्राय छुट्दैनन् । कहिले स्कुटर त कहिले साइकल चढेर फिल्मी गतिविधिमा सरिक हुँदै आइरहेका लामा सेनाङ ग्याम्जो तामाङको रुची फिल्म हेर्न मात्रै होइन, निर्माणमा पनि उस्तै छ । उनले दुई वर्ष अघि एउटा फिल्म बनाए । लामा जीवन अपनाइरहेका विद्यार्थी र गुरु बीचको द्वन्दको ‘प्लट’लाई समातेर ‘झा लो’ नामको एउटा फिल्म बनाएका थिए । फिल्मले राम्रै चर्चा पायो, लामाको निर्देशकीय खुबीको पनि राम्रै प्रशंसा भयो । फिल्म मेकिङमा लामा कसरी ? सामान्यरुपमा हेर्दा लामा जीवनमा प्रवेश गरिसकेका व्यक्तिको मुख्य काम बुद्ध…

Read More

नेपालमा थेरवादको स्थिति

मुनीन्द्ररत्न बज्राचार्य नेपालमा थेरवाद बुद्धधर्मको आफ्नै स्थान छ । यसको प्राचीन इतिहास स्पष्ट छैन तर पनि यसको विकास पहिलेदेखि नै भइसकेको थियो । भगवान् बुद्धको जन्म ई.पू. ५६३ मा नेपालको पुण्यभूमि लुम्बिनीको कपिलवस्तुको शालोद्यानमा भएको थियो । बुद्धले ६ वर्षको कठिन तपस्याले बुद्धत्व प्राप्त गरी सम्यक सम्बुद्ध हुनु भएको थियो । बुद्धका ज्ञानहरू प्रारम्भमा थेरवाद बुद्धधर्मको रूपमा विकसित हुन गयो । बुद्धको जन्मस्थान लुम्बिनी कपिलवस्तुको आसपासका राज्य कोलीय रामग्राम र अन्य राज्यका शाक्य र ब्राहृमण जातिहरू थेरवाद परम्परामा बौद्ध भिक्षु भएका थिए । बुद्धको निर्वाणपछि सयौंँ वर्षको अन्तरालमा दोस्रो सांघायनमा…

Read More

छोग्याल रिन्पोछेको जन्मदिनमा पशुपतिमा अनाथ असहायलाई खाना

छोग्याल रिन्पोछेको जन्मदिनको अवसर पारेर नेपाल बौद्ध संघले काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा खाना वितरण गरियो । संघले बिहिवार विहानै पशुपतिनाथ परिसरमा गई खाना वितरण गरेको हो । उक्त क्षेत्रमा रहेका १०० भन्दा बढि अनाथ तथा असहायलाई खाना तथा जुस खुवाइएको नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । खाना वितरण कार्यक्रममा लोपेन सांगे लेग्देन पनि सहभागि भएका थिए ।

Read More

बुद्धको अन्तिम भोजन

भन्ते नागसेन ! धर्म संगायना गर्नेवाला स्थबीरहरुले भन्नुभएको छ–सोनार चुन्दले दिएको भोजन खाएर मैले यस्तो सुनेको छु, बुद्धलाई त्यो कडा रोग भयो जसले अन्ततः महापरिनिर्वाण नै भयो । फेरि पनि, भगवानले यस्तो भन्नुभएको छः “आनन्द ! मलाई प्रदान गरिएको दुइवटै भिक्षा बराबर पुण्य दिनेवाला छ, अन्य लोकले दिएको भिक्षा भन्दा त्यो दुई सबैभन्दा अधिक फल र पुण्य दिनेवाला छ ।“ कुन–कुन दुई भिक्षा ? (१) जुन भिक्षालाई खाएर मैले अलौकिक बुद्धत्वलाई प्राप्त गरेको थिए र (२) जुन भिक्षालाई खाएर मैले संसारबाट सधैका लागी छुट्टी मिल्नेवाला परिनिर्वाणलाई पाए । यी दुई…

Read More