प्रज्ञापारमिता च्योद् पूजा नेपालीमा सार्वजनिक

ललितपुरको पद्मवर्ण महाविहारमा शनिवार तेस्रो कर्मपा राङख्युक दोर्जेले रचना गर्नु भएको छोग्ले रिन्छेन ट्रेड्वा च्योद प्रज्ञापारमिता पूजा च्योद संग्रहको रत्नमाला पूजा विधि सार्वजनिक गरिएको छ । सर्वसाधारणले सरल नेपाली भाषामा पनि अध्ययन गर्न रुची देखाएपछि नेपाली भाषामा अनुवाद गरि प्रकाशित गरिएको छ । पद्य शैलीमा रचना गरिएको यस साधना अनुवाद गर्ने क्रममा गाह्रो संस्कृत शब्दको साटो सकेसम्म सरल शब्दहरू प्रयोग गरी पाठक सुहाउँदो बनाउने प्रयत्न गरिएको अनुवादक टिमका भिक्षु कर्मा ताशीले बताउनु भयो । अनुवादित पुस्तकलाई तिब्बती अक्षर पढ्न नजान्ने तर तिब्बती भाषा बुझ्नेहरुलाई सहज होस् भनेर देवनागरी लिपीमा तिब्बती…

Read More

भद्रकालीमा दुर्व्यवहारमा पर्ने लामा को हुन् ?

काठमाडौँको भद्रकाली मन्दिर परिसरमा गेरुबस्त्र लगाएका लामामाथि प्रहरीले लात हानेपछि चौैतर्फि आलोचना भएको छ । चौतर्फी आलोचनापछि प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सुरु गरेको सार्वजनिक सूचना प्रकाशन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे आन्तरिक छानबिन गर्दै छ । चैत २४ मा राजेन्द्र महतो, सुमन सायमी र रवीन्द्र श्रेष्ठले नेतृत्वको गरेको प्रदर्शनमा प्रहरीले भिक्षुलाई दुर्व्यवहारमा गरेको हो । दुर्व्यवहारमा पर्ने लामा फुर्वा तामाङ लामा रहेको खुलेको छ। उनी शंकरापुर नगरपालिका–३ स्थित गुम्बाबाट प्रदर्शनमा सहभागी हुन भद्रकालीमा आएका थिए । प्रहरीका अनुसार लामा गुरुहरू पनि प्रदर्शनमा…

Read More