काठमाडौँको भद्रकाली मन्दिर परिसरमा गेरुबस्त्र लगाएका लामामाथि प्रहरीले लात हानेपछि चौैतर्फि आलोचना भएको छ । चौतर्फी आलोचनापछि प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सुरु गरेको सार्वजनिक सूचना प्रकाशन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे आन्तरिक छानबिन गर्दै छ ।
चैत २४ मा राजेन्द्र महतो, सुमन सायमी र रवीन्द्र श्रेष्ठले नेतृत्वको गरेको प्रदर्शनमा प्रहरीले भिक्षुलाई दुर्व्यवहारमा गरेको हो । दुर्व्यवहारमा पर्ने लामा फुर्वा तामाङ लामा रहेको खुलेको छ। उनी शंकरापुर नगरपालिका–३ स्थित गुम्बाबाट प्रदर्शनमा सहभागी हुन भद्रकालीमा आएका थिए ।
प्रहरीका अनुसार लामा गुरुहरू पनि प्रदर्शनमा सहभागी थिए । ‘तामाङ मुक्ति बाहिनी’को ब्यानरमा उनीहरू प्रदर्शनमा सहभागी भएको प्रहरी अधिकृतहरूको दावी छ ।
गेरु वस्त्रम भएका लामामाथि दुर्व्यवहार भएपछि बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संघसंगठनले विरोध जनाएका छन् ।