नेपाल बुद्धिस्ट न्यूजले ल्यायो गुरु पद्मसम्भवको जीवनी नेपालीमा

नेपाली बुद्धिस्ट न्यूजले गुरु पद्मसम्भव (गुरु रिन्पोचे)को जीवनी नेपाली भाषामा प्रकाशन गरेको छ । तिब्बती भाषामा रहेको गुरु पद्मसम्भवको जीवनीलाई खेन्पो जितलाल तामाङले नेपाीमा अनुवाद गर्नु भएको हो । गुरु पद्मसम्भवको बारेमा सहज र सरल नेपाली भाषामै उनका अनुयायीहरुले बुझ्न सकुन् भनेर अनुवाद गरिएको खेन्पो तामाङले बताउनु भयो ।

नेपाल बुद्धिस्ट न्यूजले एनबी टीभीमा बौद्ध धर्मका महत्वपूर्ण गुरुहरुको जीवनीको अडियो बुक बनाउने क्रममा गुरु पद्मसम्भवको नेपाली भाषामा सहजै पूस्तक पाउन नसकेपछि आफै अनुवाद र प्रकाशनमा संलग्न भएको हो । खेन्पो जितलालसहितको समूहले करिब डेढ वर्ष लगाएर गुरु पद्मसम्भवको जीवनीलाई नेपालीमा अनुवाद गरेको हो । पूस्तकलाई टीका शेर्पाले सम्पादन गर्नु भएको छ ।

नेपालीमा अनुवाद गरिएको गुरु पद्मसम्भवको जीवनीलाई डाकिनी येश छोग्यालले लेख्नु भएको हो । र, ञ्याङ् ञिमा होस्हेरले यसको निधि प्रकाशक रहेको छ । पूस्तक प्रकाशका लागि लण्डन छोए ग्रुपले आर्थिक सहयोग गरेको छ ।

गुरु पद्मसम्भवको जीवन पूस्तक चाहिएमा नेपाल बुद्धिस्ट न्यूज, एनबी टीभी वा यो नंवरमा सम्पर्क गर्न सक्नुहुनेछ : ९८४३८००७४७

थप जानकारीका लागि पूस्तकका अनुवादक खेन्पो जितलालसँग गरिएको कुराकानी तलको लिंकमा क्लिक गरेर हेर्न र सुन्न सक्नुहुनेछ ।

Share

Related posts