महायान वर्तमान कालमा बौद्ध धर्मको दुई प्रमुख शाखाहरू मध्ये एक हो । अर्को शाखाको नाम थेरवाद हो । महायान बुद्ध धर्म नेपालबाट आरम्भ भएर उत्तरतिर धेरै अरू एसियाली देश हरूमा फैलिएर गएको पाईन्छ, जस्तै भारत, चीन, तिब्बत, कोरिया, जापान, ताइवान, भूटान, मंगोलिया र सिंगापुर । महायान सम्प्रदायको अगाडि अरू उपशाखा हरू पनि छन्, मसलन जÞेनरचान, पवित्र भूमि, तियानताई, निचिरेन, शिन्गोन, तेन्दाई तथा तिब्बती बौद्ध धर्म ।
थेरवाद र महायानको फरक
थेरवाद शब्दको अर्थ हो श्रेष्ठ पुरुषहरुको कुरा । बौद्ध धर्मको यो शाखामा पाली भाषामा लेखिएको प्राचीन त्रिपिटक धार्मिक ग्रन्थहरूका पालन गर्नुमा जोर दिने गरिन्छ । थेरवाद बौद्ध अनुयायीहरूको अनुसार यसलाई बौद्ध धर्मको मूलरूपमा मानिन्छ । यिनीहरुको लागि गौतम बुद्ध एक महापुरुष जरूर हो तर कुनै देउता होइन । उनीहरू बुद्धलाई पूजा गर्दैनन् र उनीहरूको धार्मिक समारोहमा पनि बुद्ध पूजा हुँदैनन् । जहाँ महायान बौद्ध परम्पराहरूमा देवी देउता इत्यादि धेरै दिव्य जीवको मान्ने गर्दछन तर थेरवाद बौद्ध परम्परामा यस्तो कुनै पुजापाठ हुँदैनन् । थेरवादको मतमा हरेक मनुष्यको स्वयं निर्वाणको मार्ग खोज्नु पर्नेहुन्छ । यस समुदायमा युवाहरूको भिक्षु बनाउनेमा धेरै शुभ मानिन्छन् र युवाहरू केहि दिनको लागि भिक्षु बनाई फेरी गृहस्थमा फर्किने चलन पनि छ । थेरवाद शाखा दक्षिणी एशायाली क्षेत्रहरूमा प्रचलित छ । जस्तै श्रीलङ्का, बर्मा, कम्बोडिया, भियतनाम, थाइल्याण्ड र लाओस । प्राचीन जमानामा ’थेरवाद’लाई हीनयान शाखा पनि भन्ने गरिन्थ्यो । तर आजकल धेरै विद्वानहरू यी दुवै अलगै भएको बताउँछन् । महायान बौद्ध धर्मको अनुयायीहरूको अनुसार अधिकतर प्राणीको लागि निर्वाणमार्ग स्वयम्ले खोज्न मुश्किल या असम्भव हुनाले यस कार्यमा सहायता गर्नु पर्ने हुन्छ । उनीहरू मत अनुसार ब्रह्माण्डको सम्पूर्ण प्राणी एकआपसमा सम्बन्ध रहेको र सम्पूर्ण प्राणीहरूमा तथागत भएको मानिन्छ । त्यसैकारण सबै लाई प्रेम, करुणा र माया गरी सबैको निर्वाणक लागि बोधिसत्वको मार्ग अनुसार छ । प्रज्ञापारमिताको अभ्यासमा प्रयत्न गरी समस्त सत्व अथवा प्राणीहरूको बुद्धत्व प्राप्त गर्नु यसको परम लक्ष्य मानिन्छ । त्यसैले यस सम्प्रदायको अर्को नाम बोधिसत्वयान पनि भनिन्छ । महायानको ग्रन्थहरूमा बताए अनुसार कुनै पनि प्राणीको लागि दुष्भावना गर्नु हुँदैनन् कि न कि सबै जन्म मृत्युको जंजालमा फसेका छन् । एक हत्यारा वा एक तुच्छ जीव आफ्नो पुनर्जन्ममा स्वयमको पूर्वज पनि हुन सक्छन, यसै कारण उसको पनि सहायता गर्नु पर्छ । प्रेरणा र सहायताको लागि बोधिसत्वलाई मानिने गरिन्छ जो निर्वाणको प्राप्ति भैसकेको छन् । महायान शाखामा यस्ता हजारौ बोधिसत्वको पूजा गर्दछन् र बोधिसत्वलाई यस सम्प्रदायमा भगवानको दर्जामा राखिएको पाईन्छ । यी बोधिसत्वहरुमा कुनै एकदम प्रसिद्ध छन् । उदाहरणको लागि अवलोकितेश्वर, जगतेश्वर, अमिताभ मैत्रेय, मंजुश्री आदि ।