ललितपुर। गुँला पर्वका अवसरमा पाटनको ज्याठाबहालस्थित श्री पद्मवर्ण महायान विहारमा एकमहिने तारा पूजा सञ्चालन भइरहेको छ। दैनिक बिहान ५ः३० देखि ८ बजेसम्म हुने पूजामा करिब पाँच सय श्रद्धालु सहभागी हुँदै आएका छन्। यस वर्ष गुँला पर्व २०८३ साउन २८ गतेदेखि सुरु भएको हो। पात्रोअनुसार यो पर्व भदौ २७ गते सम्पन्न हुनेछ। विहारमा सञ्चालित तारा पूजा भने आयोजकले दिएको जानकारीअनुसार भदौ २९ गतेसम्म जारी रहनेछ। स्वर्गीय भिक्षु मञ्जुघोष धर उक्त विहारका पूर्वप्रमुख गुरु हुनुहुन्थ्यो। विहारमा नियमित रूपमा तारा पूजा सञ्चालन गर्न थालिएको २४ वर्ष पूरा भएको आयोजकले जनाएको छ। विहारमा गरिने…
Read More