भेन्छेन फुन्छोक धार्ग्येलिङ गुम्बाको ‘दाम-ङाग-जो’ अभिषेक तथा आगम कार्यक्रम सन् २०२७ सम्म स्थगित

काठमाडौं। स्वयम्भूस्थित भेन्छेन फुन्छोक धार्ग्येलिङ गुम्बामा आयोजना हुने तय भएको ‘दाम-ङाग-जो’सम्बन्धी वाङ (अभिषेक) तथा लुङ (आगम) कार्यक्रम विभिन्न अप्रत्याशित परिस्थितिका कारण सन् २०२७ सम्मका लागि स्थगित भएको छ।

यसअघि परमपूज्य क्याब्जे तेङ्गा रिन्पोक्षेसहित भेन्छेन गोन्पाका समस्त संघ तथा श्रद्धालु शिष्यहरूको अनुरोध स्वीकार गर्दै परमपूज्य क्याब्जे डुब्वाङ साङ्ग्ये न्येन्पा रिन्पोक्षेले उक्त अभिषेक तथा आगम प्रदान गर्ने कार्यक्रम तय भएको थियो।

कार्यक्रम वि.सं. २०८३ भदौ २७ देखि कार्तिक ९ गतेसम्म अर्थात् सन् २०२६ सेप्टेम्बर १२ देखि अक्टोबर २६ सम्म सञ्चालन गर्ने तयारी थियो।

गुम्बाले जारी गरेको पछिल्लो सूचनामा कार्यक्रम सन् २०२७ सम्मका लागि स्थगित गरिएको उल्लेख छ। नयाँ मिति निर्धारण भएपछि पुनः सूचना जारी गरिने र स्थगनका कारण पर्न गएको असुविधाप्रति गुम्बाले क्षमायाचना गरेको छ।

‘दाम-ङाग-जो’ (གདམས་ངག་མཛོད་) को अर्थ ‘उपदेशकोश’ हो। यसलाई अंग्रेजीमा Treasury of Oral Instructions वा Treasury of Spiritual Instructions भनिन्छ। यो प्रथम जाम्गोन कोङ्ट्रुल लोद्रो थायेले संकलन, सुव्यवस्थित र पूर्ण गर्नुभएको १३ खण्डको महत्त्वपूर्ण ग्रन्थसंग्रह हो।

हिमाली बौद्ध धर्मका आठ प्रमुख साधना परम्पराका सारभूत शिक्षा तथा मर्मोपदेशहरू समेटिएको यो ग्रन्थ ज्याम्गोन कोङ्टुलका प्रसिद्ध ‘पाँच महाकोश’मध्ये एक मानिन्छ।

Share

Related posts

One Thought to “भेन्छेन फुन्छोक धार्ग्येलिङ गुम्बाको ‘दाम-ङाग-जो’ अभिषेक तथा आगम कार्यक्रम सन् २०२७ सम्म स्थगित”

  1. I have tried many platforms but this one feels the most stable. Everything from login to withdrawal is seamless. Highly recommend 10jilicccasinologin.

Leave a Comment