स्वयम्भूमा तेस्रो वज्रगुरु जप हुने

नेपाल बुद्ध धर्म सेवा संघ स्वयम्भू, हिमाली शेर्पा समाज र सृजनशिल आमा समूहको आयोजनामा वज्रगुरु थ्युंग्युर (दश करोड बज्रगुरु जप) आयोजना हुने भएको छ । तेस्रो पटक हुन लागेको बज्रगुरु जप यही चैत १० गते नेपाल बुद्ध धर्म सेवा संघ, स्वयम्भूमा हुँदैछ ।

श्रदेय बौद्ध धर्मगुरु ज्याङपा लामा रिम्पोछे र खेम्पो लोप्साङ सेरपद्व्यको समुपस्थितिमा बज्रगुरु जप हुनेछ । बिहान ७ बजेबाटसुरु हुने बज्रगुरु जपमा सहभागि हुन बौद्ध धर्मावलम्वीलाई आयोजकले आग्रह गरेको छ ।

कार्यक्रममा सहभागि हुन चाहनेहरुलाई काठमाडौँको अत्तरखेलदेखि स्वयम्भूसम्म बसको समेत व्यवस्था गरिएको छ ।

Share

Related posts