बौद्ध विद्वानहरूद्वारा जीवन, मृत्यु र पुनर्जन्मबारे विभिन्न धारणा प्रस्तुत

काठमाडौँ । बौद्ध विद्वानहरुले हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्मका विषयमा विभिन्न तर्क प्रस्तुत गरेका छन् । नेपाल समाज मिडिया प्रालिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बौद्ध विद्वानहरुले हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्मका विषयमा विभिन्न तर्क प्रस्तुत गरेका हुन् । कार्यक्रममा विशेष अतिथि टुल्कु लाेसाङ नामग्याल रिन्पोछेले भगवान बुद्धले दिएको मार्ग भनेको ध्यान गरेर मनलाई शान्त र शुद्ध पार्ने माध्यम नै धर्म भएको बताए । उनले मानिसको मनलाई शान्ति बनाउनु नै धर्म भएको बताए । उनले अहिलेको जीवनलाई हेरेर मात्र काम गरेमा धर्म नहुने भन्दै आफूले पछिको जीवनलाई हेरेर…

Read More

भेन्छेन फुन्छोक धार्ग्येलिङ गुम्बाको ‘दाम-ङाग-जो’ अभिषेक तथा आगम कार्यक्रम सन् २०२७ सम्म स्थगित

काठमाडौं। स्वयम्भूस्थित भेन्छेन फुन्छोक धार्ग्येलिङ गुम्बामा आयोजना हुने तय भएको ‘दाम-ङाग-जो’सम्बन्धी वाङ (अभिषेक) तथा लुङ (आगम) कार्यक्रम विभिन्न अप्रत्याशित परिस्थितिका कारण सन् २०२७ सम्मका लागि स्थगित भएको छ। यसअघि परमपूज्य क्याब्जे तेङ्गा रिन्पोक्षेसहित भेन्छेन गोन्पाका समस्त संघ तथा श्रद्धालु शिष्यहरूको अनुरोध स्वीकार गर्दै परमपूज्य क्याब्जे डुब्वाङ साङ्ग्ये न्येन्पा रिन्पोक्षेले उक्त अभिषेक तथा आगम प्रदान गर्ने कार्यक्रम तय भएको थियो। कार्यक्रम वि.सं. २०८३ भदौ २७ देखि कार्तिक ९ गतेसम्म अर्थात् सन् २०२६ सेप्टेम्बर १२ देखि अक्टोबर २६ सम्म सञ्चालन गर्ने तयारी थियो। गुम्बाले जारी गरेको पछिल्लो सूचनामा कार्यक्रम सन् २०२७ सम्मका…

Read More