चारुमती विहारमा कथिन चीवर दान सम्पन्न

चाबहिलस्थित चारुमती स्तुप धन्दो चैत्य परिसरमा स्थित चारुमती बुद्ध विहारमा भिक्षु तपस्सी धम्मले ३ महिनासम्म वर्षावास पुरा गरेको अवसरमा कथिन चीवर दान उत्सव सम्पन्न भएको छ ।

कथिन चीवर दान कार्यक्रममा भिक्षुभिक्षुणी, उपासक उपासिक लगायतको उपस्थिति रहेको थियो । चारुमती स्तुप परिक्रमा गरी सुरुवात भएको कार्यक्रममा श्रद्धेय बोधिसेन महास्थवीरले पंचशील प्रदान गरेका थिए । अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यले ऐतिहासिक महत्वले भरिएको चारुमती स्तुप सम्राट अशोक पुत्री चारुमतीले बनाउन लगाएको बताए । साथै स्तुपमा लिच्छवीकालिन लिपि रहेको समेत उनले बताए ।

अनागरिका गुरुमाहरुबाट संयुक्तरुपमा भिक्षु महासंघलाई कथिन चीवर दान गरिसके पछि उपासक उपासिकाहरुले अष्ट परिस्कार दान गरिएको थियो । थाइल्याण्डको धम्मकाय सेन्टरबाट नेपालका १७ वटा विहारमा कथिन दान गर्न आएका दाताहरुले पनि दान गरेका थिए ।

Share

Related posts